 
																			२ मंसिर, काठमाडौं । स्याङ्जामा अटोरिक्सा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।
शनिबार दिउँसो वालिङ नगरपालिका–१ खहरेको भित्री सडकमा रामबाच्छाबाट खहरेतर्फ जाँदै गरेको लु १ ह ३६८६ नम्बरको अटोरिक्सा अनियन्त्रित भएर पल्टिएको थियो । उक्त दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजारका ओमबहादुर लम्सालकी छोरी १६ महिनाकी कायरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
अटोरिक्सामा चालकसहित ४ जना रहेकामा अरुलाई केही नभएको र बालिका कायरा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी थिइन् । उनलाई वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरेको प्रहरी निरीक्षक पावलसिंह लामाले जानकारी दिए ।
प्रहरीले चालक र अटोरिक्सालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4