+
+

लप्सीफेदीबाट पक्राउ परेका सबै छुटे

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते ८:३९
बाटो अवरुद्ध गरेका स्थानीय र उनीहरूको आक्रमणबाट घाइते भएका डीएसपी देवराज राई ।

३ मंसिर, काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा प्रहरीसँगको झडपमा संलग्न भएको भन्दै पक्राउ परेका सबै रिहा भएका छन् ।

शुक्रबार ४ जना र शनिबार १० जना गरी १४ जना पक्राउ परेका थिए । बौद्ध प्रहरीका डिएसपी राजु पाण्डेले सबैलाई शनिबार राति छाडिएको जानकारी दिए ।

शंखरापुर नगरपालिकाका मेयर रमेश नापितले पनि पक्राउ परेकाहरु सबैलाई प्रहरीले छाडेको बताए ।

मेयर नापितका अनुसार स्थानीयले प्रहरीसँग आफूहरुको कुनै सरोकार नभएको तर माग सम्बोधनका लागि सरकारलाई दबाब दिन शान्तिपूर्ण प्रदर्शन जारी राख्ने बताएका छन् ।

शंखरापुर नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सूर्यबहादुर तामाङले बस्तीको बीचमा सबस्टेसन निर्माण गर्न नहुने स्थानीयको माग रहेको बताए ।

नेपाल विद्युत प्राधिकरणले लप्सीफेदीमा निर्माण गर्ने सबस्टेसन र त्यसको सुरक्षा पोष्ट स्थापनाको विषयमा विवाद हुँदा शुक्रबार सुरक्षाकर्मी र स्थानीयबीच झडप भएको थियो ।

स्थानीयको आक्रमणबाट डिएसपी देवराज राईसहित तीन जना सुरक्षाकर्मी घाइते भएका थिए भने प्रहरीले तामाकोशी हाइड्रोपावर पीडित संघर्ष समितिका अध्यक्ष रणजित तामाङसहित १४ जनालाई पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?