+
+
Shares

सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा मंसिर २४ गते

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १२:३२

३ मंसिर, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारणसभा आगामी मंसिर २४ गतेका लागि तय भएको छ । सो बैंकले लैनचौरस्थित लैनचौर ब्याक्वेटमा साधारणसभा बस्नेछ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण छलफल गरी पारित गर्नेछ । त्यस्तै सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर पारित गर्नेछ ।

अन्य बैंक तथा वित्तीय संस्थासँग एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सहमतिपत्र तयार गरी हस्ताक्षर गर्न, सम्पत्ति तथा दायित्व मूल्यांकन गराउने, नियमनकारी निकायसँग सहमति लिने कार्यका लागि प्रवन्ध पत्र तथा नियमावली संशोधन गर्नुपर्ने भएमा सो समेत गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय सभाले गर्नेछ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?