+
+

विश्वकपको फाइनल भइरहेको पिचमै प्यालेस्टिनी समर्थक पुगेपछि…

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३ गते १८:४७

३ मंसिर, काठमाडौं । विश्वकप क्रिकेटको फाइनलमा भारत र अस्ट्रेलियाबीचको खेल चलिरहेको बेला मैदान प्रवेश गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ ।

फ्री प्यालेस्टाइन लेखिएको टिसर्ट लगाएका र हातमा झण्डा बोकेका एक जना खेल भइरहेको अहमदावाद स्टेडियममा मैदान प्रवेश गरेर पिचसम्मै पुगेका थिए ।

उनको टिसर्टको पछाडि फ्री प्यालेस्टाइन र अगाडी पट्टी स्टप बम्बिङ प्यालेस्टाइन लेखिएको थियो ।

उनले पिचमा पुगेर विराट कोहलीको काँधमा हात राखेका थिए । त्यसपछि सुरक्षाकर्मीले उनलाई प्रकाउ गरेका हुन् ।

पक्राउ पर्ने व्यक्तिले प्रहरीसँग आफू अस्ट्रेलियामा बस्दै आएको र आफ्नो नाम जोनसन रहेको बताएका भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनले आफू प्यालेस्टायन समर्थक रहेको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?