+
+

अस्ट्रेलियाले कहाँनिर जित्यो, भारतले कहाँनिर हार्‍यो ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते ९:१२
Photo Credit : www.espncricinfo.com

४ मंसिर, अहमदावाद । अन्ततः अस्ट्रेलिया छैटौं पल्ट वान डे क्रिकेटको विश्व च्याम्पियन भयो । भारत फेरि एकपल्ट उप–विजेतामै सीमित रहन बाध्य रह्यो । विश्वकप क्रिकेट २०२३ मा प्राप्त जितको कति ठूलो महत्त्व छ, त्यो अस्ट्रेलियाली खेलाडीको अनुहारमा देखिएको खुसीले प्रस्ट पार्छ । अनि भारतका लागि यो हार कति धेरै स्तब्धपूर्ण छ, त्यो भारतीय खेलाडीको मलिन अनुहारले देखाउँछ ।

फाइनलमा अस्ट्रेलियाले हात पारेको ६ विकेटको जित धेरै अर्थमा प्रभावशाली रह्यो । अहमदावादको नरेन्द्र मोदी स्टेडियममा भएको यस खेलका पाँच त्यस्ता खास खास मोड थिए, जसले अस्ट्रेलियाले कहाँनिर जित्यो र भारतले कहाँनिर हार्‍यो, त्यो देखाउँछ । के के हुन् त यी मोडहरू ?

निर्णायक टस

Australia captain Pat Cummins won the toss and elected to field, India vs Australia, World Cup final, Ahmedabad, November 19, 2023

भनिन्छ, क्रिकेटमा टस जित्नु भनेको खेल अगाडि नै प्रतिद्वन्द्वीभन्दा आफू बलियो हुनु हो । खेल अगाडिको ५०/५० को स्थिति टसपछि त्यसलाई जित्ने टिमको पक्षमा ६०/४० हुन्छ । फाइनलमा पनि त्यस्तै भयो । टस अस्ट्रेलियाले जितेको थियो र कप्तान प्याट कमिन्सलाई पहिले बलिङ गर्ने निर्णयका लागि धेरै सोच्नै परेन् ।

अहमदावादको पिचमा खेल जति अगाडि बढ्दै गयो, उति ब्याटिङका लागि सजिलो हुने खालकै थियो । अनि बेलुका छाउने शीतले दोस्रो पल्ट बलिङ गर्ने टिमलाई मार पर्ने निश्चित थियो । आखिरमा त्यस्तै भयो, अस्ट्रेलियाले पहिले बलिङ गर्ने निर्णय सटिक सावित भयो ।

हेडको क्याच

क्रिकेटमा एउटा खास ‘क्याच’ ले पूरा खेललाई निर्देशित गर्न सक्छ । भारतीय कप्तान रोहित शर्माले ३१ बलमा ४७ रन बनाइसकेका थिए, त्यसमा चार चौका र तीन छक्का सामेल थियो । टिम आफैंमा बलियो स्थितिमा देखिएको थियो, १० ओभरभित्र एक विकेट गुमाएर ७६ रनमा । त्यही बेला उनले अफ-साइडमा एउटा लामो प्रहारको प्रयास गरे ।

तर ट्रेभिस हेडले कभरमा पछाडिबाट दौडेर डाइभ मार्दै उत्कृष्ट क्याच लिए । यो यस्तो एउटा क्याच थियो, जसले पूरा खेलको दिशालाई निर्देशित गरेको थियो ।

भारतको पुर्नआगमन प्रयास

Jasprit Bumrah nicked off Mitchell Marsh with a short and wide ball, India vs Australia, Men's ODI World Cup final, Ahmedabad, November 19, 2023

भारतसामु आफूले बनाएको २४० रनको रक्षा गर्नु थियो र अस्ट्रेलियाले एक समय त्यसको जवाफमा एक विकेट गुमाएर २७ बलमै ४१ रन बनाएको थियो । तर, जसप्रित बुमराह र मोहम्मद सामीले एकआपसमा विकेट लिंदै अस्ट्रेलियालाई तीन विकेटको क्षतिमा ४७ रनमा खुम्च्याए ।

स्टिभ स्मिथ एकै रनमा एलबीडब्लू आउट भए । अस्ट्रेलियाले ‘रिभ्यु’ लिने आँट पनि गरेन् । धेरैलाई लागेको थियो, अब भारतले खेलमा पुर्नआगमन गर्छ । तर होइन्, त्यस्तो केही पनि भएन् । भारतलाई किनारा लगाउने काम गरे, ओपनर हेड र मार्नस लबुसचेनले ।

लबुसचेनको अन्तिम हाँसो

Marnus Labuschagne got into his groove gradually, India vs Australia, Men's ODI World Cup final, Ahmedabad, November 19, 2023

खेल तनावपूर्ण स्थितिमा हुँदा लबुसचेन र विराट कोहलीबीच भनाभनको स्थिति पनि बनेको थियो । जति बेला उनी ३४ रन बनाएर खेलिरहेका थिए, बुमराहले गरेको एलबीडब्लू अपिलमा बचे । ‘अम्पायर्स कल’ ले उनलाई जोगाएको थियो । त्यसपछि त उनले ५८ रन बनाए र नटआउट रहे । उनले नै त हो, हेडसँग निर्णायक सावित १९२ रनको सझेदारी गरेको । अन्त्यमा हाँस्ने पालो लबुसचेनकै रह्यो ।

हेडको शतक

र, फाइनलका सबैभन्दा ठूला नायक त हेड नै रहे । प्रतियोगिता सुरु हुन अगाडिसम्म उनले विश्वकप खेल्ने अथवा नखेल्ने टुंगो थिएन । उनको हातमा चोट थियो । दक्षिण अफ्रिकामा उनले यो चोट बोकेका थियो र त्यस्तै स्थितिमा भारत आइपुगेका थिए । तिनै हेडले विश्वकप फाइनल इतिहासकै सातौ शतक बनाए ।

उनको १३७ रन १२० बलमा निस्केको थियो । यसमा १५ चौका तथा चार छक्का सामेल थियो । अस्ट्रेलिया जितिसकेपछि उनले भने, ‘आजको दिन कति धेरै अद्वितीय रह्यो । यसमा लागि म निकै खुसी छुं । घरमा बसेर टीभीमा विश्वकप हेर्नुभन्दा खेल्नु नै धेरै राम्रो थियो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?