+
+

रविन तामाङको सम्झनामा ‘रविन एण्ड द न्यू रिभोलुसन’ले कन्सर्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ४ गते २०:३६

काठमाडौं । दिवंगत गायक तथा अभिनेता रविन तामाङको सम्झनामा उनको ब्याण्ड रविन एण्ड द न्यू रिभोलुसनले काठमाडौंमा सांगीतिक प्रस्तुति दिने भएको छ ।

ब्याण्डका संस्थापक तथा भोकलिस्ट समेत रहेका तामाङको निधनपछि उनको सम्मानमा शुक्रबार दरबारमार्गस्थित क्लब प्लाटिनममा कार्यक्रम गर्न लागिएको हो ।

पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई)को प्रस्तुतिमा हुन लागेको कार्यक्रममा एक्सिस ब्याण्डले पनि प्रस्तुति दिनेछ । एक्सिसले नेपाल टुर अन्तर्गत ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत आफ्नो गीत सुनाउन लागेको हो ।

एक्सिसले चर्चित गीतहरु ‘मुस्कान’, ‘अधुरो प्रेम’, ‘मेरो प्रेम’, ‘सात समुन्द्र पारी’ र पछिल्लो रिलिज ‘पाइला’ सुनाउनेछ ।

कार्यक्रममा रबिन एण्ड द न्यू रिभोल्युसनका सदस्यसँग मिलेर अन्य गायकले ‘नेपाल’, ‘भुलमा भूल्यो’, ‘केटाकेटी’, ‘दम मरु दम’, ‘चिसो चिसो’ र ‘जति माया लाए पनि’लगायतका गीत पनि सुनाउनेछन् । गत जुलाई ४ मा रविन बुढानिलकण्ठस्थित घरमा मृत भेटिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?