+
+

घरेलु मैदानमै अर्जेन्टिनासँग पराजित भयो ब्राजिल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ६ गते ९:१८

६ मंसिर, काठमाडौं । फिफा विश्वकप २०२६ को छनोट अन्तर्गत बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले ब्राजिललाई १-० ले पराजित गरेको छ ।

ब्राजिलको घरेलु मैदान माराकाना स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन निकोलस ओटामेन्डीले ६३औं मिनेटमा एक मात्र गोल गरे । उनले जिओभानी लो सेल्सोको पासमा गोल गरे ।

८१औं मिनेटमा जोएलिन्टनले रातो कार्ड पाएपछि ब्राजिल दश खेलाडीमा समेटिएको थियो ।

दक्षिण अमेरिकी क्षेत्रको छनोटमा पाँचौ जितपछि अर्जेन्टिना खेलबाट १५ अंक जोडेर शीर्ष स्थानमै यथावत छ ।

ब्राजिलको भने यो लगातार दोस्रो हार हो । यसअघि ब्राजिल कोलम्बियासँग पराजित भएको थियो ।

हारपछि ६ खेलबाट ७ अंक मात्र रहेको ब्राजिल छैटौं स्थानमा झरेको छ ।

छनोटकै अन्य खेलमा उरुग्वेले बोलिभियालाई ३-० ले तथा कोलम्बियाले पाराग्वे  र इक्वेडरले चिलीलाई समान १-० ले हरायो ।

जितपछि उरुग्वे ६ खेलबाट १३ अंक जोडेर दोस्रो स्थानमा छ । समान खेलबाट १२ अंक जोडेको कोल्मबिया तेस्रो स्थानमा छ ।  इक्वेडरको ८ अंक जोडेर पाँचौ स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?