+
+

भुवन केसीलाई विदेशी फिल्म निर्माताको प्रश्न : नेपालमा सुटिङ गर्दा सुविधा के छ ?

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ७ गते १३:३७

काठमाडौं । भारतको गोवामा यतिबेला फिल्म बजार-२०२३ चलिरहेको छ । पहिलोपटक नेपालको चलचित्र विकास बोर्डले स्टल खडा गर्दै विदेशमा घरेलु फिल्मको प्रवर्द्धन गर्ने प्रयास गरेको छ । अध्यक्ष भुवन केसी स्वयं स्टलमा उपस्थित भएर विदेशी फिल्म निर्माताको चासो शान्त पारिरहेका छन् ।

गोवा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको साइडलाइनमा भइरहेको फिल्म बजारमा सहभागी हुन अन्तर्राष्ट्रिय फिल्ममेकर पनि भारतमा छन् । चलचित्रसम्बन्धी भारतको सरकारी निकाय एनएफडीसीले आयोजना गरेको यो बजार भारतकै प्रतिष्ठित र बृहत भेला मानिन्छ ।

मंगलबारदेखि सुरु भएको फिल्म बजार चार दिनसम्म चल्नेछ । गोवामा राखिएको नेपाली स्टलमा नेपाली फिल्म र नेपालको लोकेसनबारेको जानकारी पुस्तिकादेखि पोस्टरसमेत राखिएको छ । नेपालको फिल्म गन्तव्यबारे डकुमेन्ट्री पनि देखाइएको छ । बुधबार अध्यक्ष केसीले नेपाली स्टल अवलोकन गर्न आएका भारतीय फिल्ममेकर र वितरकसँग छलफल गरे ।

साथै, भारतबाहेकका अन्य मुलुकका फिल्ममेकरले पनि नेपाली स्टल अवलोकन गरेका छन् । उनीहरुले नेपालमा उपलब्ध छायांकन स्थल, खर्च र सरकारी सहुलियतबारे चासो राखेका थिए । नेपालमा फिल्म बन्ने प्रक्रिया र शैलीबारे पनि उनीहरुको चासो थियो । जवाफमा अध्यक्ष केसीले नेपाल छायांकनका लागि विश्वकै सुन्दर थलो भएको भन्दै सुटिङका लागि चलचित्र विकास बोर्डले सघाउने बताएका थिए ।

कतिपय विदेशी फिल्ममेकरले नेपाली स्टलमा टांगिएको क्यूआर कोर्ड स्क्यान गरेर नेपालको छायांकन लोकेसनबारे जानकारी लिएका छन् । गोवा फिल्म बजारमा यतिबेला भुवनसहित कर्मचारी प्रवीण पाण्डे पनि छन् । भारत सरकारले आयोजना गरेकाले बलिउड हस्तीहरु पनि त्यहाँ पुगेका छन् । अभिनेता सलमान खान पनि बुधबार फिल्म बजार पुगेका थिए ।

तस्वीर : गोवास्थित नेपाली टिभी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?