+
+

बंगलामुखीमा ‘फर्की फर्की’को मुहूर्त, अनमोल भन्छन्- मेरो करिअरको नयाँ यात्रा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते ११:३०

काठमाडौं । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहने फिल्म ‘फर्की फर्की’ शुभसाइत गरिएको छ । ललितपुरको बगलामुखी मन्दिरमा शुक्रबार बिहान मुहूर्त गरियो ।

समारोहमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले पूजा गरेका थिए । फिल्मका प्रोडक्शन हेड शंकर पाण्डेले क्ल्याप हान्दै शुभसाइत भएको घोषणा गरे ।

छायांकन मंसिर ११ गतेदेखि पोखरामा सुरु हुनेछ । यो फिल्मलाई आउँदो बर्षको जेठ ११ गते रिलिज गर्ने घोषणा निर्माताले गरिसकेका छन् । यो फिल्मलाई रोहित अधिकारी र ओम अग्रवालले मिलेर निर्माण गर्दैछन् ।

सुयोग गुरुङको निर्देशन रहनेछ । मनोज वली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन् । यस्तै, फिल्मका कार्यकारी निर्माता अनीरुद्र गिरी छन् । फिल्ममा अनमोल र जसितासहित कृष्ण मल्ल, निर्मल शर्मा, विन्दा खतिवडा, अशिक गुरुङ, माओत्से गुरुङ, रुस्का वैद्य श्रेष्ठ, अर्नव घिमिरे र प्रेम पाण्डेको मुख्य भूमिका रहनेछ ।

रवि काफ्ले र समृद्धि अर्यालले डेब्यु गर्दैछन् । नरेन्द्र मैनालीको छायांकन, अष्ट महर्जनको एक्सन, सुयोग गुरुङको पटकथा, रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत, किरण थापाको नृत्य, निमेष श्रेष्ठको सम्पादन हुने जनाइएको छ ।

निर्माण नियन्त्रकमा शंकर पाण्डे छन् । काफिया फिल्मस्, कुवेर फिल्मस् र एमएसएम इन्टरटेन्मेन्टले वितरणको जिम्मा लिएको छ । उक्त अवसरमा मिडियासँग कुरा गर्दै अभिनेता केसीले भने– फिल्म भनेको टेबुलमा बन्छ । यो फिल्म पनि टेबुलमै तयार भैसकेको छ । दर्शकले लभस्टोरी फिल्ममा एउटा नयाँ स्वाद पाउनु हुनेछ । यो मेरो करिअरको नयाँ यात्रा पनि हो ।’

जसिताले लभस्टोरी फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताइन् । अनमोल केसीसँग बल्ल जोडी जम्न लागेको भन्दै दर्शकले प्रतिक्रिया दिन थालेको उनले बताइन् । निर्माता रोहित अधिकारीले ठूलो क्यानभासमा उत्कृष्ट लभ स्टोरी फिल्म बनाउने बताए ।

निर्देशक सुयोग गुरुङले ‘फर्की फर्की’को कथाले दर्शकलाई लभस्टोरी फिल्ममा नै नयाँ स्वाद दिने तर्क गरे । फिल्मका नयाँ कलाकारद्धय रवि र समृद्धिले राम्रो टिमसँग काम गर्न पाएकोमा उत्साह व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?