+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

सेबोनले आईपीओ र हकप्रदको अनुमति रोकेपछि प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै जलविद्युत् उद्यमी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १३:२०

८ मंसिर, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आईपीओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत उद्यमीले सरकारको ध्यानाकर्षण गराउने तयारी गरेका छन् ।

बोर्डले आईपीओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरुले प्रधानमन्त्री कार्यलयदेखि अर्थमन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन् ।

धितोपत्र बोर्डले खुला बजार नीति विपरीत जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताएका छन् ।

कुनै कम्पनीबाट ऐन नियम विपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबीन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधि प्रति ऊर्जा उद्यमीहरुले असन्तुष्टि जनाएका हुन् ।

केही कम्पनीका संस्थापकहरुले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धरासायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ ।

नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रुपमा धितोपत्र निष्कासन भइरहेको र हाइड्रोपावर कम्पनीहरुले सहज रुपमा निष्कासन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीहरु निष्कानका लागि निवेदन दिन थालेका थिए ।

तर हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाइ गरेकोमा उद्यमीहरुको आपत्ति छ ।

हाइड्रोपावर कम्पनीहरुले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकता अनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए ।

पूँजी बजारमा आउने सबै कम्पनीहरुलाई समान रुपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आईपीओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने उर्जा उद्यमीहरुको माग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?