+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

खानेपानीको समस्या बढ्यो : सोविता गौतम

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ८ गते १७:३०

८ मंसिर, काठमाडौं । सांसद सोविता गौतमले खानेपानीको समस्या थप बढेको भन्दै खानेपानी मन्त्री महिन्द्रा राय यादवको ध्यानाकर्षण गराएकी छन् ।

नागरिकहरूको समस्या र सुझाव सङ्कलन गर्ने क्रममा काठमाडौं–२ विभिन्न ठाउँमा पुग्दा खानेपानीको समस्या झन् झन् बढ्दै गइरहेको आफूले पाएको उनले ध्यानाकर्षण पत्रमा उल्लेख गरेकी छन् ।

मेलम्ची परियोजना अन्तर्गतको पानी महीनौ देखि नआएको प्रतिक्रिया मतदाताले दिएको उनले बताइन् । ‘उपत्यकावासीलाई बाचा गरिएको मेलम्ची परियोजना अन्तर्गतको पानी बाढीको कारणले प्रभावित भएको भनिएको भएता पनि बर्खा सकिएको महिनौं भइसक्दा पनि पुनः निर्माण सुरु हुन सकेको छैन,’ खानेपानी मन्त्रीलाई बुझाएको ध्यानाकर्षण पत्रमा भनिएको छ ।

समस्याको दीर्घकालीन समाधानका लागि मन्त्रालयको पहलमा सर्वपक्षीय छलफलको माग गौतमले गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?