+
+

कुशलको शतक मद्दतमा नेपाल पुलिसले मधेशलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १६:३७
शतक पूरा गरेका कुशल भुर्तेल । तस्वीर : सुदर्शन रञ्जित/अनलाइनखबर

१० मंसिर, काठमाडौं । केपी ओली कप टी–२० क्रिकेटमा कुशल भुर्तेलको शतक मद्दतमा नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई ५७ रनले हराएको छ ।

पोखरा रंगशालामा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७५ रन बनायो ।

पुलिसका ओपनर ब्याटर कुशल भुर्तेलले १०२ रन बनाए । उनले ५७ बलमा ८ चौका र ७ छक्का प्रहार गरेका हुन् ।

अर्का ओपनर सुनिल धमलाले ४७ बलमा ४ चौका सहित ४५ रन बनाए । करण केसी १६ र कप्तान आरिफ शेख ६ रनमा अविजित रहे ।

मधेशका लागि विशाल पटेल र विशाल शुस्लिङले समान २/२ विकेट लिए ।

पुलिसले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको मधेश १८.२ ओभरमा ११८ रन बनाउँदै अलआउट भयो । मधेशका लागि रुपेश सिंहले सर्वाधिक ४० रन बनाए । इमरान शेखले २२ तथा रोहन विक र राकेश कमाटले समान १० रन बनाए ।

पुलिसका लागि बलिङमा करण केसी, रशिद खान, ललित राजवंशी र सागर ढकालले समान २/२ विकेट लिए । कुशल भुर्तेल र सुनिल धमलाले समान १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?