+
+

पिज्जा हटको थिन क्रस्ट पिज्जा अब नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १० गते १८:२५

काठमाडौं । पिज्जा हट नेपालको सबैभन्दा लोकप्रिय पिज्जा ब्रान्डले आफ्नो मेनुमा थिन क्रस्ट पिज्जा ल्याएको छ । जसले पिज्जा हटको मेनुमा नौलो स्वाद उपलब्ध भएको छ ।

४९९ रुपैयाँबाट सुरु हुने पिज्जा हटको ह्यान्डक्राफ्टेड थिन क्रस्ट पिज्जा देशभरका ग्राहकका लागि पिज्जाको एक अतुलनीय अनुभव दिन तयार रहेको ब्रान्डले जनाएको छ ।

ब्रान्डका अनुसार ह्यान्डक्राफ्टेड पिज्जाको बढ्दो मागलाई मध्यनजर गर्दै पिज्जा हट नेपालले विशेष रूपमा थिन क्रस्ट पिज्जा तयार गरेको र १२ जुनदेखि विभिन्न टोपिङहरूमा उपलब्ध रहेको छ ।

ग्राहकहरूले डाइन–इन वा टेक–अवेका लागि आफ्नो नजिकको पिज्जा हट रेस्टुरेन्टमा जान सक्नेछन् भने भोज, फुडमान्डु, पठाओ जस्ता एग्रिगेटरबाट पनि डेलिभरिका लागि अर्डर गर्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?