+
+
Shares

हालसम्म १० वाणिज्य बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते ९:३१

१२ मंसिर, काठमाडौं । अहिलेसम्म १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् ।

त्यस्तै ग्लोबल आईएमई बैंकको मंगलबार बुक क्लोज मिति तय भएको छ । मंगलबारसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् ।

लाभांश घोषणा गरिसकेका नबिल र नेपाल एसबीआई बैंकले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् । यी बैंकको सेयर खरिद गर्नेहरु अहिले पनि घोषित लाभांश पाउनका लागि हकदार हुनेछन् ।

माछापुच्छ्रे बैंकले लाभांशस्वरुप प्रदान गरेको बोनस सेयर लगानीकर्ताले डिम्याट खातामा पाइसकेका छन् भने दोस्रो बजारमा सूचीकृत भइसकेको छ । नगद लाभांश घोषणा गरेका केही बैंकले सेयरधनीको बैंक खातामा लाभांश प्रदान गरिसकेका छन् ।

कुन कुन बैंकले कति दिए लाभांश ?

बैंक बोनस सेयर नगद लाभांश 
माछापुच्छ्रे १३.३ ०.७
एभरेस्ट १० १०.५३
एनआईसी एसिया २९ १.५२
सानिमा ९ ५.७
सिटिजन्स ० ५.७९
सिद्धार्थ ० ४.२१
स्टान्डर्ड चार्टर्ड ० १९
ग्लोबल आईएमई १ ८
नेपाल एसबीआई ३.७५ ६.८
नबिल बैंक ० ११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?