+
+

राजावादी शक्ति अहिलेको समस्याको विकल्प हुन सक्दैन : चित्रबहादुर केसी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १२ गते १३:४९

१२ मंसिर, काठमाडौं । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौती दिने शक्ति अहिलेको समस्याको विकल्प हुन नसक्ने बताएको छ ।

देशमा कुशासन र भ्रष्टाचारले नागरिकको जीवनस्तर खस्किएको, अर्थतन्त्र संकट देखिएको र बेरोजगारी बढेको राजमोको निष्कर्ष छ । तर यो समस्या समाधानको उपाय गणतन्त्र र धर्म निरपेक्षतालाई चुनौतै दिने शक्तिसँग नरहेको अध्यक्ष चित्रबहादुर केसीले बताएका छन् ।

‘प्रतिगामी शक्तिहरूले जनतामा बढ्दै गइरहेको असन्तोषको फाइदा उठाएर जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त मात्र गर्ने छन् र देशलाई अँध्यारो युगतिर फर्काउने छन्’, केसीले मंगलबार विज्ञप्तिमार्फत भनेका छन् ।

अहिलेको समस्या समाधानको उपाय भनेको कुशासन र भ्रष्टाचारको अन्त्य गरी सुशासन र सुदृढ गणतान्त्रिक व्यवस्था स्थापना नै हुने केसीको भनाइ छ । ७ मंसिरमा राजतन्त्रको पक्षमा भएको प्रदर्शनले अहिले पनि मुलुकमा प्रतिगमनको प्रयत्न भइरहेको पुष्टि हुने राजमोको निष्कर्ष छ ।

‘गणतन्त्र र धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि प्रतिगामीहरूले चलाइरहेको त्यस प्रकारको अभियानलाई भारतको कट्टरपन्थी हिन्दुवादी शासकवर्गले पनि प्रोत्साहित गर्दै आएको छ’, केसीले भनेका छन् ।

यो अवस्थामा सबै लोकतन्त्रवादी तथा वामपन्थी शक्तिहरू एक हुनुपर्ने भन्दै केसीले प्रतिगमनको प्रयत्नलाई असफल पारेर जनआन्दोलनका उपलब्धिहरूको रक्षा गर्नुपर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?