+
+

फिल्म ‘दुई कदम’को गीत ‘ए मेरा बाबै नि’मा रोमान्टिक वर्षा र इओन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १३ गते १२:३२

काठमाडौं । मंसिर २९ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘दुई कदम’को तेस्रो गीत सार्वजनिक गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको गीतमा कलाकारहरु वर्षा सिवाकोटी र इओन लिम्बू फिचर्ड छन् ।

यो रोमान्टिक गीतमा वर्षा र डेब्यु कलाकार इओनको रसायन जमेको देख्न सकिन्छ । ‘परदेशी २’ हिट भएपछि वर्षाको यो अर्को फिल्म हो । पहिलो फिल्ममै वर्षासँग अनस्क्रिन रोमान्स गर्न पाउँदा इओन पनि खुसी छन् ।

गीतमा निरुशा भट्टराईको शब्द, आशिष अविरलको संगीत तथा आशिष र निरुशाकै स्वर छ । कविराज गहतराजको नृत्य निर्देशन रहेको गीतलाई सौरभ लामाले खिचेका हुन् ।

उदय सुब्बा निर्देशित फिल्ममा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।

अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?