+
+
लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान :

पाठ्यक्रममै समेटिनुपर्छ लैंगिक हिंसाको विषय

लैंगिक हिंसाले दशकौं पछाडिसम्म पनि हाम्रो समाजलाई असर पुर्‍याइराख्छ, यसको कालो छायाँ रहिरहन्छ । यसको अन्त्यका लागि लैंगिक हिंसा विरुद्धको साक्षरताको विषय अब विद्यालय तहको पाठ्यक्रममै समावेश गरेर अध्यापन गर्नुपर्छ ।

डा. सीता ढुुंगाना डा. सीता ढुुंगाना
२०८० मंसिर १३ गते १५:४२

लिंगको आधारमा हुने हिंसा दिगो मानव विकासको प्रमुख बाधक र लैंगिक समानता हासिल गर्ने बाटोको प्रमुुख चुुनौती हो ।

यसले विकास र उत्पादनशील कार्यलाई निरुत्साहित तथा घर र समाजलाई विखण्डन गर्दछ । जब घर र समाज नै शान्त र हिंसारहित बन्न सक्दैन मानिस सृजनशील बन्न र समाजको लागि योगदान गर्न सक्दैन ।

हिंसाले मुलुकमाथि अनावश्यक आर्थिक तथा कार्यगत भार थोपर्छ । महिलामाथि हुने हिंसाले स्वास्थ्य सेवा लगायत प्रहरी, अदालत र सामाजिक कल्याणका कामहरूमा पनि खर्च वृद्धि गराउँछ । यसका साथै हिंसामा संलग्न दोषीको प्रतिष्ठामा आँच पुर्‍याउनुका साथै उनीहरूलाई अमानवीय वा निर्दयी बनाउन पनि झन् बढी मद्दत गरिरहेको हुन्छ ।

महिला विरुद्ध र महिला भएकै कारणले हुने सम्पूर्ण हिंसात्मक कार्य महिलामाथि हुने हिंसा हुन् । पछिल्लो समय महिला माथि मात्र नभएर तेस्रो लिंगी र पुुरुष माथि पनि लैंगिकताको आधारमा विभेद र हिंसाका घटना बढिरहेका छन् । त्यसैले महिला हिंसा मात्र नभनेर यसलाई लैंगिक हिंसा भनिन्छ ।

लैंगिक हिंसा अन्त्य गर्नको लागि हरेक वर्ष नोभेम्बर २५ देखि १६ दिनसम्म विश्वभरि अभियान नै सञ्चालन हुुन्छ । यस्तै मार्चमा अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाइन्छ । यस्ता अभियानहरूको मुुख्य उद्देश्य लैंगिक समानता कायम गर्ने, महिलाको आफ्नो शरीर माथिको स्वनिर्णयलाई निःशर्त बनाउने, राज्यको सबै निकायमा महिलाको अर्थपूर्ण सहभागिताको लागि वातावरण सुुनिश्चित गर्न स्थानीयदेखि संघ तहसम्म पैरवी गर्ने आदि हो ।

लैंगिक समानता सुुनिश्चितताका लागि भएका प्रतिबद्धताहरू कार्यान्वयन गर्ने/गराउने, लैंगिक उत्तरदायी संरचना निर्माण गर्ने/गराउने, वर्षभरि भएका हिंसाका घटनाहरूको विश्लेषण गरी हिंसाको अवस्था अन्त्यको लागि सरोकारवालाहरूलाई जिम्मेवार बनाउनु यसको अर्को उद्देश्य हो ।

सधैं झैं यो वर्ष पनि ‘लैंगिक हिंसा अन्त्यको सुुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने मूल नाराका साथ लैंगिक हिंसा विरुद्ध १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मको लागि सुुरु भएको छ ।

अन्तर्राष्ट्रिय स्तरमा नोभेम्बर २५ लाई महिला हिंसा विरुद्धको दिवसको रूपमा मनाउन थालेको ७३ वर्ष भइसकेको छ भने संयुुक्त राष्ट्रसंघले यस दिनलाई अभियान सुुरु हुुने दिनको रूपमा मान्यता दिएको पनि २४ वर्ष भयो ।

नेपालमा भने यो अभियानलाई सरकारले २०५४ सालदेखि नै लैंगिक हिंसा विरुद्धको रूपमा मान्यता दिएको हो । मुुलुुकमा औपचारिक, अनौपचारिक रूपमा विगत ८० वर्षभन्दा लामो समयदेखि महिला हिंसा लगायत समग्र लैंगिक हिंसाको विरुद्ध कार्यक्रमहरू हुुँदै आएको भएतापनि प्रत्येक वर्ष हिंसाका घटनाहरू बढिरहेका छन् ।

केही सचेत मान्छेकै बीच केन्द्रीकृत कार्यक्रम गर्ने र अभियान सकिएपछि धेरैको यो विषयमा ध्यान नै नजाने भएर पनि लैंगिक हिंसाका अपराधहरू बढिराखेको हुुनसक्छ । मुुलुकमा वर्षभरि घट्ने कुल अपराधको ३१ प्रतिशत तथ्यांक लैंगिक अपराधको छ ।

विगत १० वर्षदेखिको लैंगिक अपराधको घटनाका तथ्यांकलाई विश्लेषण गर्दा यो घट्नेभन्दा बढ्दो क्रममा छ । गत आर्थिक वर्षको प्रहरीमा दर्ता भएका लैंगिक अपराधका मुुद्दाको तथ्यांकलाई हेर्दा कुुल तथ्यांकको भण्डै ८० प्रतिशत मुुद्दा लैंगिक हिंसा अन्तर्गत घरेलुु हिंसाको छ ।

अब यस्ता अभियानहरू समाजको आवश्यकतासँग जोड्दै थप व्यावहारिक बनाउनुपर्छ । गाउँ–बस्ती स्तरमा लैंगिक हिंसा के हो र यसलाई किन सहनुहुुन्न, हिंसा भइहाले कानुुनी उपचार के छ भनेर आम मानिसलाई बुुझाउनुपर्दछ ।

धेरै वर्षदेखि लैंगिक हिंसाबारे कार्यक्रमहरू महिलाको बीचमा मात्र गरियो । आगामी दिनमा यस्ता सचेतनामूलक कार्यक्रम महिला र पुुरुष दुुवैलाई राखेर गर्नुपर्छ ताकि यो सहसचेतनामूलक बन्न सकोस् ।

लैंगिक हिंसा निवारण गर्न घरभित्रबाट सबै प्रतिबद्ध हुुनुुपर्दछ भन्ने सन्देश विद्यार्थी मार्फत प्रवाह गर्दा लैंगिक हिंसा न्यूनीकरणमा मद्दत पुुग्दछ । लैंगिक हिंसा तत्कालीन समस्या मात्र होइन, यसले दशकौं पछाडिसम्म पनि हाम्रो समाजलाई असर पुर्‍याइराख्छ, यसको कालो छायाँ रहिरहन्छ ।

यसको अन्त्यका लागि तदनुरूप रणनीतिक योजना बनाएर काम सुरु गर्नुपर्छ । त्यो भनेको लैंगिक हिंसा विरुद्धको साक्षरताको विषय अब विद्यालय तहको पाठ्यक्रममै समावेश गरेर अध्यापन गराइनुुपर्दछ ।

परम्परागत मूल्य–मान्यता र हानिकारक अभ्यासहरूले निम्त्याउने हिंसाको बारेमा विद्यालय तहका पाठ्यक्रममा पठाउँदा सांस्कृतिक रूपान्तरणको जग बस्छ । तिनै बालबालिका ठूलो हुुँदै जाँदा परम्परागत हानिकारक मूल्य–मान्यतालाई छोड्छन् ।

यसक्रममा हाम्रो मौलिक सांस्कृतिक परम्पराका सकारात्मक र वैज्ञानिक पक्षलाई भने जगेर्ना र तदनुरुप नै प्रशिक्षित गर्नुपर्छ ।
गत आर्थिक वर्षको लैंगिक हिंसा सम्बन्धित तथ्यांक विश्लेषण गर्दा कुुलमध्ये झण्डै ८० प्रतिशत घरेलुु हिंसाका घटना छन् ।

घरेलुु हिंसा, बोक्सीको आरोप, दाइजो प्रथा, बालविवाह, बहुुविवाह जस्ता घटना घट्नुुमा पनि हानिकारक मूल्य–मान्यताको मुुख्य असर देखिन्छ । परम्परागत खराब मूल्य–मान्यताका कारण महिला तथा बालिकाहरू मानवअधिकारका आधारभूत अधिकारबाट समेत वञ्चित छन् । जसका कारण लैंगिक समानता हासिल गरी समावेशी विकास गर्न राज्यलाई अवरोध पुगिरहेको छ ।

वर्षौंदेखि सरकारले बालविवाह रोकथाममा धेरै काम गर्दै आएको छ तर पनि यस्तो हानिकारक अभ्यास अन्त्य हुुनसकेको छैन । विद्यालय पाठ्यक्रममै यो विषयलाई राखेर पढाउँदा विद्यार्थी परिवारमा गएर भन्न सक्छन्— ‘बालविवाह अपराध हो, यसमा म सहभागी हुुन सक्दिनँ ।’ यसबाट एउटा सामाजिक रूपान्तरण सुरु हुन्छ ।

बालबालिकालाई बालविवाहको दीर्घकालीन असर बुुझाउन नसक्दा, यसको कानुुनी उपचारबारे ज्ञान नदिंदा आजभोलि अभिभावककै इच्छा विपरीत बालबालिका आफैं बालविवाहमा अग्रसर भएका उदाहरण पनि छन् । त्यसैले अब यी विषयलाई पाठ्यक्रममा समावेश गर्न ढिला भइसकेको छ ।

पाठ्यक्रमबाट सैद्धान्तिक ज्ञान दिनुका साथै विद्यालयको अतिरिक्त क्रियाकलापमा विद्यार्थीबीच किशोर–किशोरी समूह निर्माण गर्दै उनीहरूकै सहभागिता र नेतृत्वमा कम्तीमा महिनाको एकपटक अभियान सञ्चालन गरेर लैंगिक हिंसा अन्त्यमा उल्लेख्य योगदान गर्न सकिन्छ । यसको लागि स्थानीय सरकार र विद्यालय शिक्षक अत्यन्तै जागरुक र प्रतिबद्ध हुुन जरूरी छ ।

लैंगिक हिंसाको विषयलाई पाठ्यक्रममा समावेश गरी उक्त विषयको शिक्षक तयार गरी वेला–वेलामा विद्यालय सञ्चालक समिति र अभिभावकबीच स्कुुलमा अभिमुुखीकरण र सचेतनामूलक अन्य क्रियाकलापमा पनि सहभागी गराउनुपर्छ । अध्यापनसँगै विद्यालय परिवारलाई नै यस विषयमा तालिमप्राप्त बनाउनुपर्छ ।

हिंसाका घटना आए विद्यालयमा बनाइएका किशोर–किशोरी समूहमा रिपोर्टिङ गर्ने र शिक्षक तथा विद्यार्थीको समूहले पनि उक्त घटनाका दोषीमाथि कारबाहीको पहलकदमी लिने वातावरण सिर्जना गर्नुपर्छ ।

विद्यालय पाठ्यक्रममा हिंसा नियन्त्रण रोकथामसँग सम्बन्धित सामग्री समावेश गर्ने, चित्रकला, वक्तृत्वकला, हाजिरीजवाफ जस्ता अभ्यासलाई समेट्ने, विद्यार्थीको सहभागितामा परियोजना कार्यहरू गराउनुपर्छ । यसले लैंगिक हिंसा सम्बन्धी विषयमा विद्यार्थीलाई अध्ययन गराउन थप सहयोग पुुग्दछ । यसरी मुुलुकले अहिलेको घटना घट्ने दर र दिगो रूपमा हिंसा अन्त्य गर्ने कार्यमा सफलता हासिल गर्न सक्दछ ।

(लेखक अधिकारकर्मी हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?