+
+

चिच्याएर वर माग्ने भक्तजनले चढाए साढे १८ लाख भेटी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १६ गते ८:४७

१६ मंसिर, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नंं ४ सत्यवती ताल क्षेत्रमा लागेको कर्तिके पूर्णिमा मेलाबाट साढे अठार लाखभन्दा बढी भेटी संकलन भएको छ ।

एकादशीदेखि पूर्णिमासम्म चलेको पाँच दिने धार्मिक मेलाबाट १८ लाख ५० हजार ३३१ रुपैयाँ भेटी संकलन भएको सत्यवती ताल तथा मन्दिर संरक्षण समितिका अध्यक्ष दान बहादुर गाहाले जानकारी दिए ।

यहाँ मध्यरातमा चिच्याएर वर माग्ने प्रचलन छ । त्यसका लागि नेपालका विभिन्न जिल्लासँगै भारतबाट समेत भक्तजन समेत आउने गर्दछन् । ती भक्तजनहरूले चढाएको भेटीबाट मन्दिर र ताल व्यवस्थापन गर्ने समितिले जनाएको छ ।

कार्तिके पूर्णिमा कार्तिक महिनामा परेमा जोग पर्ने मान्यताका साथ धेरै भक्तजन आउने गरेका छन् । यो वर्ष अधिकमासका कारण कार्तिके पूर्णिमा मंसिर महिनामा परेको हो । जसका कारण गत वर्षको लुतनामा केही पोहोर सालभन्दा झण्डै ३ लाख भेटी कम उठेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?