+
+

राप्रपा नेपालको केन्द्रीय समिति बैठक मंसिर २४ र २५ मा

रासस रासस
२०८० मंसिर १७ गते ८:५७
राप्रपा नेपालका अध्यक्ष कमल थापा

१७ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक यही मंसिर २४ र २५ गते काठमाडौंमा बस्ने भएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले मुलुकको पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, साङ्गठनिक र रणनीतिक कार्यदिशाबारे राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालय, सङ्गठन विभाग प्रमुख राजाराम बर्तौलाले सङ्गठनसम्बन्धी र कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदनसमेत प्रस्तुत गर्ने कार्यतालिका छ ।

यो प्रत्येक तीन–तीन महिनामा बस्ने नियमित बैठक भएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । मङ्सिर २५ गते दिउँसो उपत्यकास्तरीय बृहत् कार्यकर्ता भेला गरी बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?