
१७ मंसिर, काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक दिउँसो १ बजे मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेटौंडामा बस्ने छ ।
बैठकमा प्रदेशको वर्तमान राजनीतिक अवस्था र प्रदेश सभा अन्तर्गतका संसदीय समिति गठनका विषयमा छलफलका हुने मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बैठकले प्रदेशसभामा रहेका समिति सभापति टुङ्गो लगाउने अनुमान छ ।
गत बुधबार प्रदेशका मन्त्रीहरूसँग छलफल गरेपछि मुख्यमन्त्री जम्कट्टेलले मंसिर १७ गतेका लागि सर्वदलीय बैठक आह्वान गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4