+
+

मकवानपुरमा एक पुरुषको शव फेला

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १२:४५

१७ मंसिर, काठमाडौं । मकवानपुरको हेटौंडा–२ चौकीटोलस्थित खाद्य संस्थानको कोठाभित्र एक पुरुषको शव फेला परेको छ । उनको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अन्दाजी ५४ वर्षीय पुरुषको शव शनिबार बिहान फेला परेको हो । प्रहरीले मुचुल्का उठाएर शवलाई जिल्ला अस्पतालमा लगेर राखेको छ ।

प्रहरीका अनुसार मृत फेला परेका व्यक्ति बजार क्षेत्रमा प्लास्टिक बटुल्दै हिँड्नेहरुमध्येका हुन् । उनी खाद्य संस्थानको खुला कोठाभित्र सुत्ने÷बस्ने गर्दथे । शनिबार उनी सुतेकै अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?