+
+
Shares

मकवानपुरमा बस दुर्घटना, दुई जनाको मृत्यु

बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते २१:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको थाहा नगरपालिका-३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • बस ब्रेक फेल भएर सडकमा हिंडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर घरभित्र पसेको थियो।
  • घाइते र मृतकको सनाखत हुन बाँकी छ भने चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

१२ जेठ, हेटौंडा । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका-३ मा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

आज साँझ ७ बजेको समयमा त्रिभुवन राजपथ सडकखण्डको गोपाली गाउँबाट पालुङको थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बस ब्रेक फेल भई सडकमा हिंडिरहेका पैदलयात्रीलाई ठक्कर दिएर उपमेयर भरत गोपालीको घरभित्र पसेको थियो।

बस दुर्घटनामा करिब ४० वर्षीय कृष्ण बलामी र सोही उमेरका लोकेन्द्रकुमार ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए ।

डीएसपी अर्यालका अनुसार मृतक दुवै जनाको ठेगाना खुल्न सकेको छैन। मृतक बलामी र ठाकुरलाई प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचारका लागि पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको डीएसपी अर्यालले बताए । दुवै जनाको शव प्राथमिक स्वास्थ्य केन्द्र पालुङमै राखिएको छ ।

बस दुर्घटनामा ४ जना घाइते भएका छन् । घाइतेहरू ठेगाना नखुलेका अन्दाजी ३६ वर्षीय रघुनन्दन यादव र कमलेशकुमार साहको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

उनीहरूलाई थप उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको डीएसपी अर्यालले जानकारी दिए ।

घाइतेहरू बारा जितपुरसिमरा उपमहानगरपालिका १७ बस्ने ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्हवी नगरपालिका-१ बस्ने ३० वर्षीय रामगुलाम चौधरीको अवस्था सामान्य रहेको र प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा उपचार भइरहेको डीएसपी अर्यालले बताए ।

बस चालक मकवानपुरको थाहा नगरपालिका-५ बस्ने २९ वर्षीय राजेश कार्कीलाई प्रहरी नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?