+
+

मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी छैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १७ गते १९:१३

१७ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना नरहेको बताएका छन् ।

जलवायु परिर्वतनसम्बन्धी सम्मेलन कोप–२८ मा सहभागी भएर आइतबार स्वदेश फर्किएका प्रधानमन्त्रीलाई सञ्चारकर्मीहरुले मन्त्रिपरिषद् पुनर्गठनबारे सोधेका थिए ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको कुनै तयारी नरहेको बताए । ‘सरकार गठन भएको बेलादेखि नै को हट्ने, गृहमन्त्री हट्ने चर्चा चल्ने गरेको छ’, उनले भने, ‘अहिले कुनै त्यस्तो छलफल छैन, सोचिएको पनि छैन ।’

आफू प्रधानमन्त्री भएको र आफ्नो दिमागमा मन्त्रिपरिषद् पुनगर्ठनबारे सोच नभएको भन्दै उनले अगाडि भने, ‘यो सबै हल्ला मात्र हो, यसमा कुनै सत्यता छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?