+
+

भेरी बबई डाइभर्सनको अवलोकनपछि ओलीले भने– गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १०:४१

१९ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेका छन् । अवलोकनपछि उनले कामको गुणस्तरमा सम्झौता गर्न नहुने बताए ।

महाकाली–मेची अभियानको क्रममा मंगलबार बिहान भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको अवलोकन गरेपछि उनले भने, ‘यहाँको कामको गुणस्तरमा कम्प्रोमाइज गर्न मिल्दैन, किनभने यो प्रकृतिसँगको कारोबार छ । यो प्रकृति, खोला, जमिनसँगको कारोबार हो । यसमा अलिकति मात्रै लापरवाही भयो भने राम्रो हुँदैन ।’

उनले काममा केही ढिलो भएको भन्दै उनले यथाशीघ्र काम सम्पन्न गर्नुपर्ने बताए । तर काम जारी रहेको भन्दै ढिलोचाँडो सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए । ‘हाम्रो नेपालीहरुको काममा ढिलाइ गर्ने चलन भएको छ । तर यसलाई गति दिनुपर्छ । जे होस् काम भइरहेको छ । यो सम्पन्न हुन्छ,’ ओलीले भने ।

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको प्रगति जान्न चाहेर अवलोकनमा आएको उनले बताए । आयोजनाका अधिकारीहरुका अनुसार भेरी बबई डाइभर्सनको काम हालसम्म ३५ प्रतिशत सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?