+
+

गभर्नरको एक वर्षको तलबभत्ता ६० लाख ९१ हजार

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते १५:१३

१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरको सेवा सुविधा एक वर्षमा २४.१८ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) मा गभर्नर महाप्रसाद अधिकारीले १६ लाख ३२ हजार तलब, ४ लाख १४ हजार बैठक भत्ता र अन्य सेवा सुविधा वापत ४० लाख ४५ हजार ३३५ रुपैयाँ सहित ६० लाख ९१ हजार ३३५ रुपैयाँ सेवा सुविधा लिएका छन् ।

आव २०७८/७९ मा गभर्नर अधिकारीले १४ लाख १८ हजार ४००, बैठक भत्ता ३ लाख ५ हजार र अन्य सेवा सुविधा ३१ लाख ८१ हजार ८५५ सहित कुल ४९ लाख ५ हजार २५५ रुपैयाँ सेवा सुविधा वापत लिएका थिए ।

यस्तै डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाको सेवा सुविधा एक वर्षमा ३३.८५ प्रतिशतले बढेको छ । आव २०७७/७८ मा १२ लाख ६९ हजार ६०० तबल, २ लाख ७३ हजार बैठक भत्ता र अन्य सुविधा २७ लाख १७ हजार ५१३ गरी कुल ४२ लाख ६० हजार ११३ रुपैयाँ सेवा सुविधा लिएकोमा गत आवमा बढेर ५७ लाख २ हजार ३६१ पुगेको छ । गत आवमा उनले तलब १४ लाख ६० हजार ४०० रुपैयाँ बैठक भत्ता ३ लाख ४२ हजार र अन्य सुविधा बापत ३८ लाख ९९ हजार ९६१ रुपैयाँ लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले गत आवमा तलब १४ लाख ६० हजार ४००, बैठक भत्ता ३ लाख ७८ हजार र अन्य सुविधा ३४ लाख ६१ हजार ८२९ रुपैयाँ सहित ५३ लाख २२९ रुपैयाँ तलब तथा सुविधा लिएका छन् । अघिल्लो आर्थिक वर्षमा उनले तलब १२ लाख ६९ हजार ६००, बैठक भक्ता २ लाख ९६ हजार र अन्य सुविधा २६ लाख ३६ हजार ४१७ गरी ४२ लाख २ हजार १७ रुपैयाँ तलब तथा सेवासुविधा लिएका थिए । अघिल्लो आर्थिक वर्ष को तुलनमा गत आर्थिक वर्षमा डेपुटी गभर्नर मिश्रको तलब भत्ता तथा सेवासुविधा २६.१४ प्रतिशतले बढेको छ ।

सञ्चालकको कति ?

राष्ट्र बैंकका अनुसार सञ्चालकहरुको तलब भत्ता तथा सेवासुविधा एक वर्षमा १९.९९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका सञ्चालकहरुले गत आर्थिक वर्षमा तलब बैठक भत्ता र अन्य सेवा सुविधा वापत २ करोड ५ लाख ८२ हजार १२६ रुपैयाँ लिएका छन् । आर्थिक वर्ष २०७८/७९ मा तलब, बैठक भत्ता सहितको सेवा सुविधा १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ लिएका थिए ।

राष्ट्र बैंकमा गभर्नर र डेपुटी गभर्नर कार्यकारी पद भएकोले तलब लिने गर्छन् । अन्य सञ्चालकहरुले भने बैठक भत्ता र अन्य तोकिएको सेवासुविधा मात्रै प्राप्त गर्छन् ।

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक पद हुन्छ । तर, आर्थिक वर्षको बीचमा नै सञ्चालक परिवर्तन हुँदा गत आर्थिक वर्षमा राष्ट्र बैंकबाट सञ्चालकको रुपमा ११ जनाले सेवा सुविधा लिएका छन् ।

गत आर्थिक वर्षमा सञ्चालकको रुपमा चिन्तामणि शिवाकाटीले बैठक भत्ता ४ लाख ५ हजार र अनय सेवा सुविधा ११ लाख ५९ हजार ३८२ रुपैयाँ गरी १५ लाख ६४ हजार ३८२ रुपैयाँ लिएका छन् । राष्ट्र बैंकमा अर्थ सचिव सञ्चालक हुने व्यवस्था छ । अर्थ सचिवको सरुवा हुनासाथ सञ्चालक पनि परिवर्तन हुन्छ । अर्थ सचिवको रुपमा राष्ट्र बैंककको सञ्चालक हुँदा अर्जुनप्रसाद पोख्रेलले बैठक भत्ता ९९ हजार र २९ हजार १८६ अन्य सेवा सुविधा सहित १ लाख २८ हजार १८६ रुपैयाँ लिएका छन् ।

यस्तै अर्थ सचिवको रुपमा राष्ट्र बैकको सञ्चालक हुँदा तोयम रायले ९९ हजार बैठक भत्ता र अन्य सुविधा ७० हजार ९९२ सहित कुल १ लाख ६९ हजार ९९२ रुपैयाा बुझेका छन् ।

कृष्णहरि पुस्करले बैठक भत्ता १ लाख ४४ हजार र अन्य सेवा सुविधा १ लाख ११ हजार २२१ सहित कुल २ लाख ५५ हजार २२१ रुपैयाँ बुझेका छन् ।

यस्तै अर्थ सचिव हुँदा मधुकुमार मरासिनीले राष्ट्र बैंक सञ्चालकको रुपमा बैठक भत्ता बापत १८ हजार रुपैयाँ बुझेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै राष्ट्र बैंकको सञ्चालक शंकरप्रसाद आचार्यले बैठक भत्ता ३ लाख ६० हजार र अन्य सुविधा ६ लाख ४८ हजार ४०८ सहित कुल कुल १० लाख ८ हजार ४०४ रुपैयाँ बुझेका छन् ।

अर्का सञ्चालक रवीन्द्रप्रसाद पाण्डेले बैठक भत्ता ९९ हजार र अन्य सुविधा २ लाख ४५ हजार १२ रुपैयाँ सहित कुल ३ लाख ४४ हजार १२ रुपैयाँ बुझेका छन् ।

गत आर्थिक वर्षको सुरुवातमा सञ्चालकको रुपमा सुवोधकुमार कर्णले पनि रहेका थिए । तर, उनी कुनै बैठकमा सहभागी भएनन् भने कुनै सेवा सुविधा पनि लिएका देखि‌ंदैन ।

हेर्नुहोस् तलबभत्ता सूचीः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?