+
+

दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर १९ गते २०:३२

१९ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले ओलम्पियन एवं तेक्वान्दोका पूर्वखेलाडी दीपक विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको छ ।

यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिने निर्णय गरिएको हो ।

नेपाली खेलकुदका सफल खेलाडी मध्येका एक विष्ट दक्षिण एसियाली खेलकुद (साग)को लगातार चार संस्करणमा स्वर्ण जित्ने एक मात्र नेपाली खेलाडी हुन् । उनले आठौंदेखि ११ औं (साग) सागमा स्वर्ण जितेका थिए । विष्टले २००२ को बुसान एसियाड तथा २००६ को दोहा एसियाडीमा कांस्य जितेका थिए ।

विष्ट ओलम्पिकमा छनोट भएर खेल्ने पहिलो नेपाली पुरुष खेलाडीले । उनले सन् २००८ मा चीनको बेइजिङ भएको २९ औं ओलम्पिक छनोट चरण पार गरेर खेलेका थिए । विष्ट २०६५ साल साउन २० गते राखेपमा तेक्वान्दो प्रशिक्षकको रुपमा सेवा प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?