+
+

हङकङमा प्रकाश थाम्सुहाङको एकल कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २० गते १५:३३

हङकङमा कवि प्रकाश थाम्सुहाङले एकल कविता वाचन गरेका छन् । कार्यक्रममा थाम्सुहाङले समकालिन नेपाली कविता र हङकङको नेपाली साहित्यमाथि धारणा राख्दै आधा दर्जन कविता सुनाएका थिए ।

कवि प्रकाश थाम्सुहाङको कवितामाथि हङकङवासी साहित्यकार प्रदीप कन्दङ्वाले समालोचनात्मक टिप्पणी राखेका थिए । सशुल्क प्रवेशको व्यवस्था गरिएको कार्यक्रममा कवि थाम्सुहाङलाई आठ हजार हङकङ डलरसहित सम्मान गरिएको थियो । पचासको दशकदेखि लेखनयात्रामा निरन्तर रहेका प्रकाश थाम्सुहाङ कवि, निबन्धकार, गीतकार, स्तम्भकारका रुपा चिनिन्छन् ।

हाल इलाम साहित्य, कला, संगीत प्रतिष्ठान र याक्थुङ लेखक संघका अध्यक्ष रहेका थाम्सुहाङको ‘पालामको मुर्छना’ कवितासङ्ग्रह प्रकाशित छ । उनको निबन्धसङ्ग्रह ‘शब्दथुम’ गत असोज ३० गते सार्वजनिक भएको हो

सोही कार्यक्रममा हङकङवासी कविहरु शरण सुब्बा, जुनु दिव्या राना, जानु काम्बाङ लिम्बु, देबेन्द्र खेरेसले पनि आ–आफ्नो कविता वाचन गरेका थिए । कविता वाचनमा भुपेन्द्र चेम्जोङ र खुशी थुलुङले समेत साथ दिएका थिए। कार्यक्रम बगैंचा संचारका निर्देशक धीरजकुमार राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?