+
+

राष्ट्रियसभा चुनावबारे संवाद गर्न राप्रपामा बुद्धिमान तामाङलाई जिम्मा

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २१ गते १५:१८

२१ मंसिर, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि अन्य दलसँग सहमति र संवाद गर्न उपाध्यक्ष बुद्धिमान तामाङलाई जिम्मा दिएको छ ।

बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले अन्य दलसँग आवश्यक सहयोग जुटाउन र संवाद गर्न पार्टीको राजनीतिक विभाग प्रमुख तामाङलाई जिम्मेवारी दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

राप्रपाले इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनका लागि आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजंग गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजीको पक्षमा एवं सुशासन र जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्ताव पनि पारिन गरेको छ । उक्त प्रस्तावलाई पुसको १ २ र ३ गते काठमाडौंमा हुने केन्द्रीय कार्यसमिति बैठकमा पेश गरिने प्रवक्ता श्रेष्ठले बताए ।

राप्रपाले पुस २७ गतेलाई पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवशका रुपमा केन्द्रीय तह र सबै तहमा उत्सवको रुपमा मनाउने पनि निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?