+
+

यू–१९ एसिया कप : नेपालले टस हारेर ब्याटिङ गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते ११:१३

२२ मंसिर, काठमाडौं । यू–१९ एसिया कप अन्तर्गत पहिलो खेलमा नेपालले पाकिस्तानसँग टस हारेर ब्याटिङ गर्ने भएको छ ।

यूएई आईसीसी एकेडेमी ओभल २ मा पाकिस्तान यू–१९ टिमका कप्तान साद बैगले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएका हुन् ।

नेपालले आईसीसी यू-१९ विश्वकपअघि यू १९ एसिया कपलाई तयारीको रुपमा लिएको छ ।

नेपालको प्लेइङ ११

देव खनाल(कप्तान), अर्जुन कुमाल, तिलक राज भण्डारी, आकाश त्रिपाठी, विपिन रावल, दिपेश कँडेल, विशाल विक्रम केसी, आकाश चन्द, सुवास भण्डारी, गुल्सन झा र उत्तम रङ्गु थापा मगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?