+
+

गुगलले ल्यायो नयाँ एआई ‘जेमिनी’

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १२:०४

काठमाडौं । गुगलले आफ्नो नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल सार्वजनिक गरेको छ । ‘जेमिनी’ नामक उक्त टुल विभिन्न विषयमा मानिसले जस्तै काम गर्न सक्षम रहेको बताइएको छ ।

उदाहरणका लागि कुनै चिजलाई हेरेर अन्दाज लगाउने मामिलामा यसले मानिसले जस्तै पहिचान गर्न सक्दछ ।

जेमिनी एउटा मल्टीमोडेल जनरल एआई हो, जुन अहिलेसम्मकै सर्वाधिक शक्तिशाली एआई टुलको रुपमा रहेको गुगलको दाबी छ ।

नयाँ एआई मोडेललाई गुगलले अल्ट्रा, प्रो र नानो गरी तीनवटा मोडेलमा लञ्च गरेको छ ।
ओपन एआई कम्पनीको सर्वाधिक लोकप्रिय एआई टुलको रुपमा रहेको च्याट जिपिटीलाई टक्कर दिनका लागि गुगलले जेमिनीको विकास गरेको बताइएको छ ।

के हो जेमिनी ?

स्मरण रहोस् गुगलले यो वर्ष सन् २०२३ को सुरुवाततिर आफ्नो एआई च्याटबट बार्ड सार्वजनिक गरकेो थियो । तर च्याट जिपिटीको अगाडि बार्ड निकै कमजोर सावित भयो । जेमिनी भने त्यसको अगाडिको कहानी हो ।

गुगल डीपमाइन्डका संस्थापक सीईओ डेमिस हासाबिसका अनुसार जेमिनी आर्टिफिसियल इन्टेलिजेन्सको एउटा त्यस्तो संस्करण हो जुन सफ्टवेयरको स्मार्ट पिस हुनुका साथै मानिसका लागि उपयोगी पनि छ । यो एक विज्ञ सहयोगी वा सहायक जस्तै रहेको उनको भनाइ छ ।

यो एक मल्टीमोडेल टुल हो । अर्थात् यसले टेक्स्ट, कोड, अडियो, तस्वीर तथा भिडियोलाई बुझ्न सक्दछ र सञ्चालित हुन सक्दछ । यो केवल जानकारी दिने कुरामा मात्रै सीमित छैन । उता च्याट जिपिटीले भने अहिलेसम्म भिडियोमा काम गर्न सक्दैन ।

के के गर्नसक्छ जेमिनीले ?

गुगलको दाबी अनुसार जेमिनी वास्तवमा ग्तिचब ीबचनभ ीबलनगबनभ ःयमभ िमा काम गर्दछ । यो पहिलो एआई मोडेल हो जसले विज्ञ मानिसले जस्तै काम गर्न सक्दछ । कहिलेकाहीँ त यसले विज्ञ मानिसले भन्दा पनि उत्कृष्ट काम गर्न सक्दछ ।

यसले व्यापक परिमाणको बहुकार्यात्मक भाषिक बुझाइमा मानिसले भन्दा पनि उत्कृष्ट तबरले काम गर्दछ । यसमा गणित, भौतिक विज्ञान, इतिहास, कानून, चिकित्सा तथा नैतिकता जस्ता ५७ वटा विषयको ज्ञान सामेल हुन्छ । यो टुलले धेरै खालका कोडिङ भाषामा पनि बुझ्न सक्दछ ।

तीनवटा मोडेल

जेमिनीलाई गुगलले तीनवटा आकारमा ल्याएको छ । अल्ट्रा मोडेल सबैभन्दा शक्तिशाली मोडेल हो जसले निकै जटिल कार्यलाई पनि सजिलैसँग गर्न सक्दछ । यद्यपि यी मोडेलले अहिलेसम्म विश्वसनीयता तथा सुरक्षा जाँच पूरा गरेका छैनन् ।

त्यसैले यी सीमित प्रयोगकर्ताका लागि मात्रै उपलब्ध छन् । जेमिनी आगामी वर्षदेखि डेभलपर तथा उद्यमीहरुका लागि उपलब्ध हुने बताइएको छ ।

त्यस्तै प्रो मोडेलले पनि विभिन्न काम गर्न सक्दछ, जसलाई बार्डसँगै नियमित प्रयोगका लागि विश्वभर नै रिलिज गरिएको छ । बार्डमा जेमिनी प्रोको विशेष संस्करण प्राप्त हुनेछ । जेमिनी नानोले अन डिभाइस टास्कलाई पूरा गर्न सक्दछ । यो भर्सन गुगल पिक्सेल ८ प्रो मा ल्याइएको छ ।

के च्याट जिपिटीभन्दा उत्कृष्ट छ जेमिनी ?

गुगलका प्रोमोहरु हेर्दा विभिन्न विषयमा जेमिनी च्याट जिपिटीभनदा एक कदम अघि रहेको अनुमान गर्न सकिन्छ । यसमा भिडियो हेरेर त्यसको पहिचान गर्ने तथा मानिसले जस्तै बुझ्ने क्षमता रहेको बताइन्छ ।

यो लचक हुनुका साथै इन्टरनेट विना पनि काम गर्ने क्षमता राख्दछ । त्यस्तै जेमिनी सबै प्रयोगकर्ताका लागि निशुल्क छ । जबकि च्याट जिपिटी ४ का लागि पैसा तिर्नुपर्छ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?