+
+

त्रिभुवन विमानस्थलबाट बरामद धातु सुन भएको पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २२ गते १९:२३

२२ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले बरामद गरेको सुन भएको पाइएको छ ।

बिहीबार राति दुबईबाट आएका चन्द्र घले करिव १४ किलो सुनसहित पक्राउ गरेका थिए । प्लाष्टिक कभरसहित ७ थान सुन परीक्षणका लागि भन्सार विभागमा पठाइएको थियो ।

विभागका अनुसार प्लास्कि कभर खोलेर हेर्दा प्रत्येक पोकामा छुट्टा छुट्टै १/१ केजीका 1 KILO FINE GOLD– 999.99 अंकित २ थान विस्कुट भेटिएको छ । यसरी भेटिएको १४ वटै विस्टुकको छुट्टाछट्टै परीक्षण ईडीएक्स उपकरण (एक्सरे)मा परीक्षण गरिएको थियो, जसमा सबै विशुद्ध सुन भएको पाइएको छ ।

परीक्षणपछि सबै सुन विभागले विमान स्थल भन्सार कार्यालयमा फिर्ता गरेको छ । सुन तस्करीबारे अनुसन्धान गर्न विभागले भन्सार अधिकृत मनिराम पौडेलको संयोजकत्वमा समिति बनाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?