+
+

पोखरामा वडाले संकलन गर्‍यो क्यान्सर पीडितका लागि कपाल

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २३ गते १९:०९

२३ मंसिर, पोखरा । पोखरा महानगरपालिका– १३ को सक्रियतामा पोखरामा क्यान्सर पीडितका लागि कपाल संकलन गरिएको छ ।

स्थानीय मेलमिलाप युवा क्लबसँगको सहकार्यमा कपाल संकलन गरिएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । शनिबार गरिएका कार्यक्रममा १५ जनाले कपाल दान गरेका थिए ।

‘अहिले नेपालमा मात्रै होइन, विश्वभर नै क्यान्सर पीडितहरुको संख्या बढ्दै गएको देखिन्छ । उहाँहरुलाई सहयोग होस्, इन्करेज होस् भनेर अहिले सुरुआतमात्रै गरेका हौं’, वडाध्यक्ष बरालले भने, ‘यो कार्यक्रमलाई नियमित रुपमा अगाडि लैजाने गरी योजना बनिरहेको छ ।’

वडाध्यक्ष बरालले क्यान्सर पीडितका लागि कपाल संकलन कार्यक्रम राखेपछि धेरै तिरबाट राम्रो प्रतिक्रिया आइरहेको सुनाए । यसअघि पोखरा महानगर १३ ले वडाका १२६ जना महिलाको यौन तथा प्रजनन् स्वास्थ्य परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?