+
+

सेयर बजारमा लाग्यो ‘पोजेटिभ सर्किट’, २० मिनेट कारोबार स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते ११:१८

सेयर बजारमा पोजेटिभ सर्किट ब्रेकर लागेको छ । कारोबार खुलेको ५ मिनेटमै बजारको परिसूचक नेप्से अघिल्लो दिनको तुलनामा ४ प्रतिशत बढेपछि सर्किट ब्रेकर लागेको हो ।

११ : ५ बजेसम्म नेप्से ७४ अंक बढेर १९२६ अंकमा कायम भएको छ । योसँगै कारोबार २० मिनेटका लागि स्थगित भएको छ । पहिलो १ घण्टाभित्र ४ प्रतिशत बजार बढेमा वा घटेमा सर्किट ब्रेकर लाग्ने व्यवस्था छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिको समीक्षाले सेयर धितो कर्जाको जोखिमभार १२५ मा झारेपछि लगानीकर्तामा मनोबल बढेको छ । त्यसअघि यस्तो जोखिमभार १५० प्रतिशत थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?