+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

नेप्सेमा सर्किट लाग्दा १३ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २४ गते १२:४३

काठमाडौं । आइतबार सेयर बजारमा तीन पटकसम्म सर्किट ब्रेक लागेर कारोबार बन्द भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६ प्रतिशत अर्थात् १११ अंक बढेको हो । सेयर बजार ६ प्रतिशत बढ्दा एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ ।

१० प्रतिशत मूल्य बढेका कम्पनीमा रिलायन्स फाइनान्स, जोशी हाइड्रोपावर, राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन, शुभम पावर, कालिञ्चोक दर्शन, इङ्वा हाइड्रोपावर, त्रिशूली जलविद्युत्, युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेपाल एसबीआई बैंक, चन्द्रागिरि हिल्स, सिंगटी हाइड्रोपावर र हिमालयन ऊर्जा विकास कम्पनी रहे । यी कम्पनीको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको हो ।

त्यस्तै समता घरेलु लघुवित्त, ङादी ग्रुप, सीवाईसी लघुवित्त, हिमालयन पावर पार्टनर, आशा लघुवित्त, राधि विद्युत्, चिलिमे हाइड्रोपावरको मूल्य ९.८ प्रतिशत बढ्यो । समग्र बजारमा पोजेटिभ सर्किट ब्रेक लाग्दा पनि कालिका लघुवित्त र उपकार लघुवित्तको मूल्य सामान्य घटेको छ । कालिकाको प्रतिकित्ता ३० पैसा र उपकारको ४ रुपैयाँले घटेको हो । यीमध्ये उपकार लघुवित्तले लाभांश नदिने घोषणा गरेको थियो ।

आइतबार माउन्टेन इनर्जीको सबैभन्दा धेरै ३ करोड ५८ लाख रुपैयाँको सेयर कारोबार भयो । त्यस्तै सोनापुरको ३ करोड ५८ लाख, नेपाल इन्स्योरेन्सको २ करोड १८ लाख, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १ करोड ९८ लाख र सन नेपाल लाइफको १ करोड ७५ लाख रुपैयाँको कारोबार भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?