+
+
Shares

लुम्बिनी विकास बैंकले घोषणा गर्‍यो लाभांश

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १०:१२

२६ मंसिर, काठमाडौं । लुम्बिनी विकास बैंकले सेयरधनीलाई नगद र सेयर बोनस घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत सेयर बोनससहित कुल ८.५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

कुल २८ करोड ७५ लाख रुपैयाँ बराबरको लाभांश प्रदान गरिने कम्पनीले जनाएको छ । गत आर्थिक वर्ष कम्पनीले ९ प्रतिशत नगद र ३ प्रतिशत सेयर बोनस दिएको थियो । सोमबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३९८ रुपैयाँ छ ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?