+
+

गुल्मीमा राधा माधव समितिद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १२:५६

२६ मंसिर, गुल्मी । राधा माधव समिति नेपाल अन्तर्गतको डिभाइन युथ क्लब नेपाल गुल्मीले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।

रेसुङ्गा नगरपालिका वडानम्बर ३ भाडगाउँमा अवस्थित पृथ्वी प्राथमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

संस्थाले विद्यालयमा एक कार्यक्रमको आयोजना गरी विद्यालयमै पुगेर कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने ३८ जना विद्यार्थीलाई न्यानो कपडा हस्तान्तरण गरेको छ । गरिब, विपन्न, जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थी खोजेर वितरण गरिरहेको राधा माधव समिति नेपाल गुल्मीका सचिव तारा भुसालले बताए ।

स्थापना कालदेखि नै आफूहरु विद्यार्थीलाई न्यानो कपडा बोकेर गाउँका कुनाकन्दरा पुग्ने गरेको भुसालले बताए । २०६५ सालमा स्थापना भएको उक्त संस्थाले प्रत्येक वर्ष जिल्लाका विभिन्न स्थान विद्यालमा पुगेर गरिब विपन्न विद्यार्थीलाई कपडा वितरण गर्दै आएको छ ।

चिसो समयमा विद्यार्थी कपडा वितरण गरेर सहयोग गर्न पाएकोमा सामाजिक कार्यमा उत्साह बढेको राधा माधव समितिका संयोजक महाशर्मा भण्डारीले बताए । झण्डै एक लाख बराबरको विद्यार्थीलाई टोपी, झोला, सुइटर र ट्रयाक वितरण गरिएको हो ।

संस्थाका ३०० भन्दा बढी सदस्यहरुले खाजा खर्च वापतको रकम बचाएर सामाजिक कार्य गर्ने गरेका छन् । गाउँका कुनाकन्दरा पुगेर विद्यार्थी र विद्यालयको आवश्यकतालाई मध्यनजर गरेर न्यानो कपडा वितरण गरेकोमा पृथ्वी प्राथमिक विद्यालयका प्रधानाध्यापक विष्णुमाया पोखरेलले धन्यवाद दिइन ।

पछिल्लो समय ग्रामीण क्षेत्रमा विद्यार्थीको संख्या घट्दै गएको बताउँदै वडाध्यक्ष बाबुराम खत्रीले न्यानो कपडा हस्तान्तरण कार्यक्रमले विद्यार्थी रोक्न र शैक्षिक गतिविधि बढाउन थप टेवा पुग्ने बताए ।

विद्यालय व्यावस्थापन समिति अध्यक्ष चेतमान कुँवरले २०४५ सालमा जनताको लगानीबाट सञ्चालन गरेको विद्यालयमा संस्थाले गरेको सहयोगको प्रंशसा गरे । उनले आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?