+
+

इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई सुदूरपश्चिम सरकारको २ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २६ गते १७:५६

२६ मंसिर, धनगढी । सुदूरपश्चिम सरकारले इजरायलमा मारिएका विद्यार्थीका परिवारलाई दुई लाख रुपैयाँका दरले राहत रकम सहयोग गरेको छ ।

मंगलबार कैलालीको टीकापुरमा आयोजित कार्यक्रममा आन्तरिक मामिलामन्त्री शिवराज भट्टले इजरायलमा मारिएका सुदूरपश्चिमका ७ विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरेका हुन् ।

७ अक्टोबरमा इजरायलमा प्यालेस्टिनी लडाकु समूह हमासले गरेको आक्रमणमा १० जना नेपालीको मृत्यु भएको थियो ।

मारिनेमा सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका विद्यार्थीहरु थिए । उनीहरु मध्ये ७ जना सुदूरपश्चिम प्रदेशका विद्यार्थी थिए । आक्रमणमा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको अवस्था भने अझै अज्ञात रहेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा बोल्दै प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पीडित परिवारलाई प्रदेश सरकारले राहत स्वरुप उक्त रकम हस्तान्तरण गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?