+
+

एनएसएलमा बुटवल लुम्बिनीमाथि झापाको जित (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८० मंसिर २६ गते २०:०७

२६ मंसिर, काठमाडौं । नेपाल सुपर लिग एनएसएल फुटबलमा झापा एफसीले पहिलो जित हात पारेको छ ।

लिगमा आफ्नो पाँचौं खेलमा बुटवल लुम्बिनी एफसीलाई १-० ले हराउँदै झापाले पहिलो जित दर्ता गरेको हो । लिगको पहिलो खेलमा स्पोर्टिङ इलाम एफसीसँग हारेको झापाले त्यसपछिका ३ खेल बराबरी खेलेको थियो ।

यो जितसँगै ६ अंक बटुलेको झापा छैटौं स्थानमा उक्लिएको छ । पराजित बुटवल भने ६ खेलबाट ७ अंकसहित पाँचौ स्थानमा कायम छ ।

कप्तान अन्जन विष्टको पासमा जवर्ज सान्चेजले बल अगाडि बढाउँदै बक्समा पुर्‍याएर प्रहार गरेको बल गोल भएको थियो । जारी सिजनमा झापाको यो दोस्रो गोल हो र सान्चेजको पहिलो गोल हो ।

बुटवल लुम्बिनी र झापाबीचको खेलका तस्वीरहरू :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?