+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

सल्लाको रुख ढालेर पहिचानवादीको माग पूरा हुँदैनः ओली

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर २९ गते २०:०९

२९ मंसिर, तेह्रथुम । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिचानवादीहरुको माग सम्वादबाट हल हुने बताएका छन् ।

मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प अभियानका क्रममा तेह्रथुम आइपुगेका ओलीले पहिचानको मुद्दाका लागि सम्वादमा बस्नुपर्ने बताए ।

‘बाटाको ढुंगा मुढाले, अवरोधले, सल्लाको रुख ढालेर समस्याको समाधान हुँदैन’, ओलीले भने । संकल्प अभियान कसैको विरोधमा नभएकाले अवरोध सिर्जना गरिनु गलत भएको उनले बताए ।

‘हाम्रो अभियान देशको पक्षमा, जनताको पक्षमा हो । यसको प्रतिफल हाम्रा विरुद्धमा लागेका साथीहरुले पनि पाउने हो’, ओलीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?