+
+

एनएसएलमा वीरगञ्जमाथि पोखराको जित

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १५:०७

३० मंसिर, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा पोखरा थन्डर्सले बीरगञ्ज युनाइटेडलाई पराजित गरेको छ । खेलको छैटौं मिनेटमा पोखराले अग्रता लिए पनि ११ औ मिनेटमा वीरगञ्जले गोल फर्काएर खेल बराबरीमा ल्याएको थियो । तर पहिलो हाफको अन्तिम समयमा पोखराले गोल फर्कायो ।

दोस्रो हाफमा दुबै टोलीले गोल गर्न नसकेपछि पोखरा बिजयी भएको हो ।

जोय आइडुको गोलमा पोखराले छैटौं मिनेटमा अग्रता लिए पनि त्यसको पाँच मिनेटमै वीरगञ्जका अकिन्स के बाफोउरले गोल फर्काएर खेल बराबरीमा ल्याए ।

त्यसपछि ४५ औं मिनेटमा पोखराका मोसेस ग्यावाहले गरेको गोल नै पोखराको जितका लागि निर्णायक सावित भयो ।

यो जितपछि ६ खेलबाट ११ अंक जोडेर पोखरा दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको धनगढी समान अंक भएपनि पोखरा गोल अन्तरमा पछि छ । वीरगञ्ज भने ६ खेलबाट ५ अंकसहित आठौं स्थानमै यथावत छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?