+
+
नेपाल सुपर लिग २०२३ :

इलामको सामना गर्दा चितवनलाई शीर्ष ४ को सपना

अनलाइनखबर अनलाइनखबर
२०८० मंसिर ३० गते १५:५८

३० मंसिर, काठमाडौं । नेपाल सुपर लिग २०२३ मा शनिबार डबल हेडरको दोस्रो खेलमा एफसी चितवनले स्पोर्टिङ इलामको सामना गर्दैछ । दशरथ रंगशालामा हुने यस खेलसँग जोडिएको तथ्यांक यस प्रकार छन् ।

१. यो खेल यसपल्टको २७ औं र समग्रमा ५२ औं खेल हुनेछ ।

२. इलामले यसै पल्टबाट मात्र प्रतियोगिता खेल्न सुरु गरेको हुनाले यो चितवनसँगको पहिलो भेट हुनेछ ।

३. चितवन छ खेलबाट पाँच अंकसहित सातौं स्थानमा छ र यो खेल जितेर उसले शीर्ष चारमा प्रवेश पाउन सक्छ । तर यसका लागि चार गोल भन्दा बढी अन्तरको जित चाहिनेछ ।

४. चितवनले अहिलेसम्म खेलेका खेलमा एक जित, दुई बराबरी र तीन हार छन् । उसको एक मात्र जित वीरगञ्ज युनाइटेडविरुद्ध १–० रहेको थियो । काटमाडौं रेजर्स र बुटवल–लुम्बिनीसँग समान १–१ को बराबरी खेलेको चितवन पोखरा थन्डर्ससँग १–०, ललितपुर सिटी एफसीसँग ३–१ र धनगढी एफसीसँग १–० ले पराजित भएको थियो ।

५. इलाम छ खेलबाट चार अंकसहित अन्तिम तथा नवौं स्थानमा छ । प्ले अफ पुग्ने उसको अवसर लगभग समाप्त भइसकेको छ । उसले एक जित, एक बराबरी र चार हारको सामना गरेको छ ।

६. इलामको एक मात्र जित झापा एफसीसविरुद्ध १–० रहेको थियो । उसको एक बराबरी भने धनगढी एफसीविरुद्ध २–२ रहेको छ । त्यस बाहेक इलाम काठमाडौं रेजर्ससँग १–०, बुटवल–लुम्बिनी एफसीसँग २–१, पोखरा थन्डर्ससँग १–० र वीरगञ्ज युनाइटेडसँग २–१ ले पराजित रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?