+
+

गुल्मीमा ३०० बढी एचआइभी सङ्क्रमित

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते ७:२८
एचआईभी संक्रमण रोकथामबारे छलफल गर्दै सरोकारवाला ।

१ पुस, गुल्मी  । गुल्मीमा ३०० भन्दा धेरै एचआइभी सङ्क्रमित रहेको पाइएको छ ।

जिल्लामा ३४८ जना एचआइभी सङ्क्रमित रहेको गुल्मी अस्पतालअन्तर्गत एचआइभी तथा एड्स एन्टिरेट्रोभाइरल थेरापी (एआरटी) सेन्टर प्रमुख पुष्कर घिमिरेले बताए ।

सङ्क्रमितहरूमध्ये २०४ जनाले एआरटी सेन्टरबाट प्रतिरोधात्मक औषधि सेवन गरिरहेको उनको भनाइ छ ।

एआरटीको तथ्यांकअनुसार एउटै गाउँपालिकामा ६२ जना सङ्क्रमित रहेका छन् । त्यहाँका २२ जनाले एआरटी सेन्टरबाट सेवा लिएका छन् ।

अर्को एक गाउँपालिकामा ४६ जना सङ्क्रमित रहेकोमा १९ जनाले मात्रै जिल्लाबाट एआरटी सेवा लिएका छन् भने ४१ जना संक्रमित रहेको अर्को पालिकाका २७ जनाले उक्त सेवा लिएका छन् ।

यस्तै ३८ जना सङ्क्रमित रहेको एक पालिकाबाट २५ जना र ३५ जना सङ्क्रमित रहेको पालिकाबाट १८ जनाले एआरटी सेवा लिएका छन् ।

जिल्लाको सबैभन्दा कम संक्रमित रहेको पालिकामा पाँच जना संक्रमित छन् । जसमा दुई जनाले एआरटी सेन्टरबाट सेवा लिइरहेका छन् ।

यहाँ विशेषगरी आप्रवासी वा रोजगारीका लागि विदेशिनेहरू, जीवनसाथी, कैदी बन्दी, आमाबाट बच्चालगायतमा एचआइभी सङ्क्रमण फेला परेको घिमिरेले जानकारी बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?