+
+

पुस ६ देखि व्‍यापार संघको एक्स्पो : स्टल थप गर्ने तयारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १ गते १९:३१

१ पुस, विराटनगर। विराटनगरमा मोरङ व्यापार संघले आयोजना गर्ने एक्स्पोमा स्टल थप गरिने भएको छ ।

६ पुसदेखि व्यापार संघले ‘मोरङ व्यापार संघ एक्स्पो २०८०’ आयोजना गर्दैछ । एक्स्पोमा २५० वटा स्टलहरु राखिएका छन् । स्टल बुकिङ भइसकेका कारण नयाँ स्टल थप गर्ने तयारी भएको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए ।

एक्स्पोमा नेपालसँगै भारत बंगलादेश र पाकिस्तानका व्यापारीले स्टल बुक गरेका छन् । विराटनगर–२ शंकरपुर मार्गमा हुने एक्स्पो १६ गतेसम्म सञ्चालन हुनेछ ।

१० दिनसम्म चल्ने एक्स्पोमा ६ देखि ७ लाख अवलोकनकर्ता आउने अपेक्षा छ । २० करोड बढीको कारोबार हुने आयोजककोअनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?