+
+
१८ दिन बाँकी
Election Banner

उम्मेदवारहरू

३४०६
Candidates
प्रत्यक्ष ३४०६
सामानुपातिक १२७०

हट सिटहरु

६२
Hot Seat

पार्टीहरु

६८
Parties

चुनाव क्षेत्रहरु

१६५
Constituencies
Shares

‘आक्वाम्यान २’ को प्रिमियरमा जब हलिउड अभिनेताले नेपाली मेकअप आर्टिस्टलाई अँगालोमा बाँधे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १३:३७
तस्वीर : अभिनेता जेसन मोमोआसँग हलिउडमा कार्यरत नेपाली मेकअप आर्टिस्ट प्रमिस तामाङ (बायाँ)

काठमाडौं । अमेरिका र भारतभन्दा केही दिनअघि नै नेपाली दर्शकले चर्चित हलिउड फिल्म ‘आक्वाम्यान’को दोस्रो श्रृंखला हेर्न पाएका छन् । बुधबारदेखि यो फिल्म नेपालभर रिलिज भएको छ ।

अमेरिकामा यो फिल्म शुक्रबार र भारतमा बिहीबारदेखि प्रदर्शनको तयारीमा छ । वितरण कम्पनी वार्नर ब्रोज पिक्चर्सले फिल्मलाई सोमबार अमेरिकाको लस एन्जलसमा प्रिमियर गरेको थियो । ‘फ्यान जमघट’ शैलीमा गरिएको प्रिमियरमा अभिनेता जेसन मोमोआ, निर्देशक जेम्स वान सहभागी रहे ।

उक्त प्रिमियर समारोहमा हलिउडमा चर्चित नेपाली मेकअप आर्टिस्ट प्रमिस तामाङलाई समेत निम्तो दिइएको थियो । प्रिमियरमा अभिनेता मोमोआ र तामाङबीचको क्याजुअल मोमेन्ट देख्न सकिन्छ । तामाङले इन्स्टाग्राममार्फत आफूलाई हलिउड स्टारले अँगालो हालेको तस्वीर सेयर गरेकी छन् ।

आफूहरु नेपालबाट आएको भन्दा अभिनेता मोमोआ खुसी भएर अझै कसिलो अँगालो हालेको प्रमिसले उल्लेख गरेकी छन् । ‘हामीले हामी नेपालका हौं भनेर उल्लेख गर्‍यौं, उहाँ धेरै खुसी हुनुभयो र हामीलाई धेरै कसिलो अँगालोमा बाँध्नुभयो,’ तामाङले उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्, ‘आमा हुनुको जीवनले मलाई एक्लो बनाइरहेको थियो । जब वार्नर ब्रोज पिक्चर्सले जेसन मोमोआलाई भेट्न निम्तो दियो, मैले त्यो प्रस्तावलाई नकार्न सकिनँ । मलाई उहाँसँगको प्रेममा पर्न सजिलो थिएन तर हामी सफल भयौं । उहाँ निकै आकर्षक । हामीले हामी नेपालका हौं भनेर उल्लेख गर्‍यौं, उहाँ धेरै खुसी हुनुभयो र हामीलाई धेरै कसिलो अँगालोमा बाँध्नुभयो । त्यसपछि हामीले एक्वाम्यान फिल्म हेर्‍यौं । मनमोहक कथासँगै एट्लान्टिकमा डुबुल्की मार्दै रचनात्मक दृश्यसहित हामीले फिल्मको मजा लियौं । फिल्मभित्र धेरै एसियाली कलाकार देख्दा हामी खुसी भयौं ।’

 ‘आक्वाम्यान एण्ड द लस्ट किङ्डम’ले विश्व बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?