+
+

‘आक्वाम्यान २’ को प्रिमियरमा जब हलिउड अभिनेताले नेपाली मेकअप आर्टिस्टलाई अँगालोमा बाँधे

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १३:३७
तस्वीर : अभिनेता जेसन मोमोआसँग हलिउडमा कार्यरत नेपाली मेकअप आर्टिस्ट प्रमिस तामाङ (बायाँ)

काठमाडौं । अमेरिका र भारतभन्दा केही दिनअघि नै नेपाली दर्शकले चर्चित हलिउड फिल्म ‘आक्वाम्यान’को दोस्रो श्रृंखला हेर्न पाएका छन् । बुधबारदेखि यो फिल्म नेपालभर रिलिज भएको छ ।

अमेरिकामा यो फिल्म शुक्रबार र भारतमा बिहीबारदेखि प्रदर्शनको तयारीमा छ । वितरण कम्पनी वार्नर ब्रोज पिक्चर्सले फिल्मलाई सोमबार अमेरिकाको लस एन्जलसमा प्रिमियर गरेको थियो । ‘फ्यान जमघट’ शैलीमा गरिएको प्रिमियरमा अभिनेता जेसन मोमोआ, निर्देशक जेम्स वान सहभागी रहे ।

उक्त प्रिमियर समारोहमा हलिउडमा चर्चित नेपाली मेकअप आर्टिस्ट प्रमिस तामाङलाई समेत निम्तो दिइएको थियो । प्रिमियरमा अभिनेता मोमोआ र तामाङबीचको क्याजुअल मोमेन्ट देख्न सकिन्छ । तामाङले इन्स्टाग्राममार्फत आफूलाई हलिउड स्टारले अँगालो हालेको तस्वीर सेयर गरेकी छन् ।

आफूहरु नेपालबाट आएको भन्दा अभिनेता मोमोआ खुसी भएर अझै कसिलो अँगालो हालेको प्रमिसले उल्लेख गरेकी छन् । ‘हामीले हामी नेपालका हौं भनेर उल्लेख गर्‍यौं, उहाँ धेरै खुसी हुनुभयो र हामीलाई धेरै कसिलो अँगालोमा बाँध्नुभयो,’ तामाङले उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्, ‘आमा हुनुको जीवनले मलाई एक्लो बनाइरहेको थियो । जब वार्नर ब्रोज पिक्चर्सले जेसन मोमोआलाई भेट्न निम्तो दियो, मैले त्यो प्रस्तावलाई नकार्न सकिनँ । मलाई उहाँसँगको प्रेममा पर्न सजिलो थिएन तर हामी सफल भयौं । उहाँ निकै आकर्षक । हामीले हामी नेपालका हौं भनेर उल्लेख गर्‍यौं, उहाँ धेरै खुसी हुनुभयो र हामीलाई धेरै कसिलो अँगालोमा बाँध्नुभयो । त्यसपछि हामीले एक्वाम्यान फिल्म हेर्‍यौं । मनमोहक कथासँगै एट्लान्टिकमा डुबुल्की मार्दै रचनात्मक दृश्यसहित हामीले फिल्मको मजा लियौं । फिल्मभित्र धेरै एसियाली कलाकार देख्दा हामी खुसी भयौं ।’

 ‘आक्वाम्यान एण्ड द लस्ट किङ्डम’ले विश्व बक्स अफिसमा राम्रो कमाइ गर्ने प्रक्षेपण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?