+
+
Shares

नेप्से ३५ अंकले बढ्यो, उत्पादन र लगानी समूहमा उच्च वृद्धि

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ४ गते १५:१७

४ पुस, काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से ३५ अंक बढेको छ । सो अंकको वृद्धिपछि नेप्से २१४१ अंकमा कायम भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

अघिल्लो दिन कुल ५ अर्ब ९८ करोड रुपैयाँको कारोबार भएकोमा यस दिन ७ अर्ब ९५ लाख रुपैयाँको कारोबार भयो । बुधबारको कारोबार रकम करिब १ वर्षयताकै उच्च हो । यसअघि २६ पुस २०७९ मा कुल ७ अर्ब २९ करोडको कारोबार भएको थियो । कुल १६१ कम्पनीको मूल्य बढ्दा ७८ को घट्यो भने ५ को स्थिर रह्यो ।

यस दिन उत्पादनमूलक र लगानी समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उत्पादनमूलक समूह ७.१ प्रतिशत बढ्यो भने लगानी समूह ६.९ प्रतिशत बढ्यो । त्यस्तै ब्यापार समूह ६.२ प्रतिशत बढ्यो ।

बैंकिङ ७, विकास बैंक ६, फाइनान्स १३, जलविद्युत् ४५, लगानी ५, जीवन बीमा २३१, उत्पादन ४००, माइक्रोफाइनान्स ३५, अन्य १५ र ब्यापार उपसमूह १७९ अंक बढे । निर्जीवन बीमा १० र होटल तथा पर्यटन समूह भने ११५ अंक घटे ।

यस दिन बोटलर्स नेपाल, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, लिबर्टी इनर्जी, युनाइटेड इदी मर्दी, बलेफी हाइड्रो, बीपी डब्लू लघुवित्त, नेपाल रिपब्लिक मिडिया, थ्रीस्टार हाइड्रोपावर, हाथवे इन्भेस्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, मुक्तिनाथ कृषि कम्पनी र हिमालयन हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । सपोर्ट माइक्रोफाइनान्स र निफ्राको मूल्य ८ प्रतिशत बढ्यो ।

नेरुडे लघुवित्त, माथिल्लो मैलुङखोला, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक र तारागाउँ रिजेन्सीको मूल्य ३ प्रतिशत बढ्यो । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, सोल्टी होटल, सोनापुर सिमेन्ट, हिमाल दोलखा हाइड्रोपावर र निफ्रा क्रमशः अगाडि रहे ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?