+
+
Shares

रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा दबाब दिन प्रधानमन्त्रीलाई १० हजार हस्ताक्षर

अनलाइनखबर अनलाइनखबर
२०८० पुष ५ गते २०:५२

५ पुस, जनकपुरधाम । सप्तरीको राजविराजको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण काम अघि बढाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डलाई १० हजार १५१ हस्ताक्षर बुझाइएको छ ।

आन्दोलनरत स्थानीय युवाहरुले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा हस्ताक्षर बुझाउँदै यथाशीघ्र निर्माण अघि बढाउन प्रधानमन्त्रीसंग माग गरेका छन् ।

सप्तरी युथ नेपालका कार्यबाहक अध्यक्ष मोहनकुमार यादव र प्रतिष्ठान निर्माणको लागि आन्दोलन परिचालन समितिका संयोजक सत्येन्द्रनारायण यादवसहितको टोलीले प्रधानमन्त्रीलाई हस्ताक्षर बुझाएको हो ।

सप्तरी युथ र आन्दोलन परिचालन समितिले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण अघि बढाउन पछिल्लो १ महिनादेखि दबाबमूलक कार्यक्तम गर्दै आएको छ ।

दबाबमूलक कार्यक्रम अन्तर्गत उनीहरुले सप्तरी जिल्लाका १० हजार १५१ नागरिकको हस्ताक्षर संकलन गरेका थिए ।गणतन्त्रवादी नेता सिंहको नामसँग जोडिएकाले प्रतिष्ठान निर्माण समयमा गर्नुपर्ने उनीहरुको माग छ ।

२०७८ असार २२ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको प्रतिष्ठानमा पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । पूर्वाधार तयारी विकास समितिको गठन आदेशको म्याद समाप्त भइसकेको र विकास समितिमा अध्यक्ष, कार्यकारी निर्देशक लगायतका पदाधिकारी पद रिक्त छ ।

प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय अहिले बोर्डमा मात्र सीमित भएको छ भने प्रतिष्ठान निर्माण स्थल राजविराज १० विरौलको जग्गा अहिले चरण क्षेत्रमा परिणत भएको छ ।

२०७५ साल पुस १६ गतेको मन्त्रिपरिषद्ले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।

०७८ जेठ २१ गतेको मन्त्रिपरिषद्को बैठकले राजविराज नगरपालिकाले उपलब्ध गराएको वडा नम्बर १० को ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेसँगै प्रतिष्ठान निर्माण कार्य थालिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?