
६ पुस, काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघले नयाँ कार्य समिति चयन गरेकाे छ ।
आगामी २ वर्षे कार्यकालका लागि नेसनल माइक्राेफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवकाे नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
संघकाे १७ औं वार्षिक साधारणसभाले उपाध्यक्षमा मेराे माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, महासचिवमा जीवन विकास लघुवित्तका प्रमुख कार्यकारी अधिकृत सञ्जय मण्डल चयन भएका छन् ।
यस्तै सचिवमा महुली लघुवित्तका गङ्गाधर पाण्डे, काेषाध्यक्षमा हिमालयन लघुवित्तका विनाेद आचार्य चयन भएका हुन् ।
संघकाे ६ जना कार्यकारी सदस्यमा आशा लघुवित्तका बद्रीप्रसाद दुलाल, आत्मनिर्भर लघुवित्तका साैगात वीर चाैधरी, धाैलागिरि लघुवित्तका सुरेशबहादुर बम, उपकार लघुवित्तकी शारदा खत्री, आरम्भ चाैतारी लघुवित्तका शिवप्रसाद ज्ञवाली र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका श्याम कटुवाल चयन भएका छन् ।
शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले साधारण उद्घाटन गरेका थिए ।
प्रतिक्रिया 4