+
+

मौद्रिक नीतिमा सुधारले ब्याजदर घट्यो : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते १८:०१

१० पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय संस्था र मौद्रिक नीतिमा गरिएको सुधारका कारण ब्याजदर घटेको दाबी गरेका छन् ।

उनले मंगलबार सरकारको एक वर्ष पुगेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको आधार ब्याजदर घटेर एकल अंकमा आएको र बैंक कर्जाको ब्याजदर पनि घटेको बताए ।

‘ब्याजदर घटेको छ । यसबाट उत्पादन लागत घटेर उपभोक्ता मूल्यमा समेत सकारात्मक प्रभाव पर्ने निश्चित छ,’ उनले भने, ‘पूँजी बजार र बीमा क्षेत्रमा मात्रात्मक सुधार भएको छ । तर, अपेक्षित सुधार नहुँदा चिन्तित छौं र सुधारका लागि गम्भीर गृहकार्यमा छौं ।’

व्यापार घाटामा कमी आएपनि निर्यात नबढी आयात घटेर कम भएको व्यापार घाटा दिगो हुँदैन भन्ने वास्तविकता लुकाउन नहुने उनले बताए ।

‘आन्तरीक उत्पादनसँगै निर्यात पनि बढाउनेगरी उत्पादन परिमाण वृद्धि गर्न आवश्यक पहल लिनेछौं,’ उनले भने, ‘रेमिट्यान्स २६ प्रतिशत बढेको छ । रेमिट्यान्ससँगै भित्रिएको सीप, अनुभव र दक्षताको उपयोग गरी देशभित्र उत्पादन र रोजगारी बढाउनेमा सरकार केन्द्रित हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?