+
+

केकी भन्छिन्- कुन्नि केमा म भुलें (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १८:३३

काठमाडौं । अभिनेत्री केकी अधिकारीका लागि सन् २०२३ राहतपूर्ण रह्यो । दशैंमा रिलिज भएको ‘परदेशी २’ ले बक्स अफिसमा राम्रै कमाइ गर्‍यो । यसैवर्ष हलमा लागेका ‘प्रसाद २’, ‘नाइँ नभन्नु ल ६’ र ‘जय हो’ अपेक्षाअनुसार चलेनन् । तर यी फिल्ममा केकीले निर्वाह गरेको चरित्र राम्रैसँग चले ।

‘परदेशी २’ ले कमाइमा पनि केकीलाई खुसी दियो । गएको जनवरीमा केकीको फिल्म करिअरले ठीक १२ वर्ष पूरा गरेको छ । यसबीचमा उनले ३२ फिल्ममा काम गरिन् । उनको डिस्कोग्राफीको सूची पनि लामै छ ।

केकीको जीवनमा बितेका १२ वर्षमा धेरै उतारचढाव आए । गत वर्ष उनले सबैलाई सरप्राइज दिंदै विवाह पनि गरिन् । कोरोना महामारीलगत्तै उनी टेलिभिजन कार्यक्रम निर्मात्रीको रुपमा पनि स्थापित भइन् । उनले निर्माण गरेको फिल्म ‘बोक्सीको घर’ अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको दौडाहामा छ ।

सन् २०२४ मा केकीले निर्माण गर्ने टिभी रियालिटी शो ‘कमेडी च्याम्पियन’को नयाँ सिजन प्रसारण हुँदैछ । जनवरीदेखि केकी नयाँ फिल्म ‘ह्याप्पी डिभोर्स’को छायांकनमा व्यस्त हुनेछिन् । विमलेश अधिकारीले निर्देशन गर्ने यो फिल्ममा रीमा विश्वकर्माको पनि प्रमुख भूमिका हुनेछ ।

केकीले बिहीबार ‘कुन्नि के मा म भुलें’ क्याप्सनसहित सेतो–कालो रङ मिश्रित सारी पहिरएकी छन् । यो तस्वीरमा उनको आभा छचल्किएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?