+
+

गुगल क्रोम सुस्त भयो ? यसो गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १२ गते १९:२२

काठमाडौं । गुगल क्रोम इन्टरनेट दुनियाँको सर्वाधिक लोकप्रिय वेब ब्राउजर हो । विश्वका अर्बौँ मानिसले गुगल क्रोमको प्रयोग गरिरहेका छन् ।

एन्ड्रोइड डिभाइसहरुमा डिफल्ट रुपमा प्राप्त हुने हुनाले क्रोमको लोकप्रियता र प्रयोग सर्वाधिक भएको हो ।

तर स्मार्टफोनमा मात्र नभएर ल्यापटप र पर्सनल कम्प्युटरमा समेत क्रोमको प्रयोग सबैभन्दा धेरै हुने गरेको छ ।

गुगल क्रोममा इन्टरनेट चलाइरहँदा कहिलेकाहीँ यो ब्राउजर यति स्लो बन्दछ कि निकै समस्या खडा हुन्छ । अझ सुस्त भएर ह्याङ भएको क्रोमको ट्याब एक क्लिकमा बन्द नै नहुँदा अर्को समस्या पैदा हुन्छ ।

डिफल्ट रुपमा क्रोम ब्राउजरमा Hardware Acceleration फिचर बन्द हुन्छ । तर यसलाई सक्रिय बनाएर तपाईँले क्रोम ब्राउजरलाई फास्ट बनाउन सक्नुहुन्छ ।

आमरुपमा क्रोम ब्राउजरले वेबपेजलाई चलाउनका लागि डिभाइसको सिस्टमको सीपीयू तथा सफ्टवेयरको प्रयोग गर्दछ ।

तर Hardware Acceleration  सक्रिय बनाएसँगै ब्राउजरले प्रयोगकर्ताको सिस्टमको ग्राफिक्स कार्डको प्रयोग गर्न थाल्छ ।

त्यसपछि क्रोमको स्पीड बढ्दछ । यो फिचर उच्च ग्राफिक्सयुक्त पेजयुक्त वेबसाइटका लागि अझै उपयुक्त हुन्छ ।

Hardware Acceleration  फिचरलाई कसरी सक्रिय बनाउने ?

  • सबैभनदा पहिले गुगल क्रोम ब्राउजर खोल्नुहोस्
  • मथि दायाँ भागमा देखिने तिनथोप्ले आइकनमा क्लिक गर्नुहोस्
  • त्यसपछि तलतर्फ देखिइरहेको Settings को बटनमा क्लिक गर्नुहोस् र System को अप्सनमा क्लिक गर्नुहोस्
  • अब तपाइँले Use hardware acceleration when available को अप्सन देख्नुहुनेछ
  • त्यसलाई on गर्नुहोस् । त्यसपछि क्रोमले पुनः सुरु गर्नका लागि अह्राउनेछ
  • Re-launch का लागि स्वीकृति दिनुहोस् । त्यसपछि तपाइँको डिभाइसमा रहेको क्रोम उच्च गतिमा चल्नेछ ।

– एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?